~रञ्जित ज्ञवाली~
तिम्रै निम्ति मखमली चोली लिई आउँला
केही बर्ष पर्ख अझै डोली लिई आउँला
हिरा मोती जुहारत सक्दिन म ल्याउन
सिंदुरले रंगाउन होली लिई आउँला
केही बर्ष पर्ख अझै डोली लिई आउँला
माया अट्छ हृदयमा महल चाहिँदैन
मायाले नै सिंचिएको बोली लिई आउँला
केही बर्ष पर्ख अझै डोली लिई आउँला
शब्द: रञ्जित ज्ञवाली
संगित र स्वर: शिव परियार