~हीरारत्न श्रीशा~
जाडोभरि गुजुल्टिएर बसेका सर्पहरु
जमिन भित्रबाट मुख ठूलो बनाएर
समतल, मधेश, भिरपाखा
अनि कुना कन्दराबाट
जमिन नै थर्कने गरी
मुसाहरुको जमान तै तर्सने गरी
निस्किरहेका छन अघाएका सर्पहरु
५ वर्ष खाएर ५ वर्षसम्म नखाई बाँच्न सक्ने
क्षमता परिवर्तन भएको छ
वर्षैभरि खाँदा खाँदा अझै पनि
उनीहरुको पेट भरिएको छैन
प्रदुशित वातावरण नेपाली माटो संरक्षणका
निमित्त पालिएका ती सर्पहरु
झन वातावरण नै बिथोल्ने गरी
लडिरहेछन्।
उब्जिएका छन्, सयौं शोषण र अत्याचारका विजहरु
तर शान्ति र समानताका विजहरु
अझै छरिएको छैन
अर्कैले खोलेको प्वालमा बस्ने
अनि अर्कैको गास खोस्ने
सर्पहरुको कर्तव्य बनेको छ।
खै किन हो जाडोमा, मुसाहरु देखि
भूमिगत हुने सर्पहरु
मंसिरको चिसो हुँदा पनि लडिरहेछन्
राजनीतिक खेल मैदानमा
आफ्नै स्वार्थको निम्ति
गौतम बुद्धको शान्तिप्रिय देशलाई
खेल मैदान नबनाउ
आखिर कसले भनेको छ
सर्पहरुको शोषण र शासन
पुर्खौ पुर्खादेखि खेप्दै आइरहेछन्
विचरा मुसाहरु
वर्षौ लगाएर बनाएको बासस्थान
अनि समय समयमा, आफै
चारो बन्नु पर्ने रीति
अझै कायम नै छ
यही रीतिदेखि वाक्क मुसाहरु
शान्ति सुरक्षा र अधिकारका नियमहरु
बन्नुपर्छ भन्ने उनीहरुको मागलाई
सान्त्वना दिंदै सर्पहरुको ज्यादती यथावत नै छ
मधेशी गोमन सर्पलाई पहाड उक्लन,
गाह्रो भएकाले स्वायत्त फाँट चाहिएको छ
पहाडी तिरिष सर्पलाई भने
माटो टुक्राएर पनि राज्य चाहिएको छ
पहाडी तिरिष सर्पलाई भने
माटो टुक्राएर पनि राज्य चाहिएको छ
यिनै गोमन र तिरिष मिलेर
मुसाहरुले थुपारेको नेपाली माटो
भारततिर बगाइरहेछन्
मुसाहरु भोको पेट लिएर
दिनरात परिश्रम गरिरहेछन्
त्यही पसिनामा बेसर्मी
सर्पहरु अघाइरहेछन्
कहिले विदेशी विरालो
त कहिले स्वदेशी सर्पहरुदेखि
निसानामा रहेका मुसाहरुको
जीवन सुरक्षाको कथा मर्मस्पर्शी छ
विस्तारवादी बिरालोको सीमा अतिक्रमण
अनि स्वदेशी सर्पहरुको मनमानी, लुछाचुँडी,
व्यक्तिगत स्वार्थदेखि
सहीद मुसाहरुको रगतको मूल्य
समुन्द्रको पानी बराबर भएको छ
कुर्चीका लागि लडिरहने सर्पहरु
हप्तैपिच्छे भइरहने चुनाव
मन्त्री बनाउने र संविधान लेख्ने
आश्वाशन, मुसाहरुको लागि
सान्त्वना नाटक सावित भएको छ
जुन नाटकको न त शुरुवात छ
न त अन्त्य नै।
–वाङला, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ५ – २०६७ मंसिर २९ गते, बुधबार )