~मीन बहादुर विष्ट~
मुहानबाट निस्केर फुत्त
कहीँ हुत्तिँदै कहीँ थामिँदै
तर कहीं कतै पिन
पछाडि फर्केर एक नजरसम्म नलाउँदै
बरु उल्टै दुई किनारहरुमा
सालिकझै उभिएका रोगी पहाडहरुलाई
लात हान्दै बेस्सरी
भागिरहेछ नदी
देश छोडेर ।
काँधमा रातो रुमालले बीचमा
टपक्क बाँधेको झोला
र कम्मरमा
वर्षौँदेखि साइन नलगाई
खिया परेको खुकुरी भिरेर
थला परेका
बूढा बाआमालाई
मुर्दाघरजस्तो घर रुङ्न अह्राउँदै
पियारीहरुलाई साथमा लिएर
हिँडिरहेछन् तन्नेरी छोराहरु
जन्म ठाउँ छोडेर ।
बेमौसम
अज्ञात मुलुकबाट
आएको बताससँगसँगै
लहसिदै र बतासिदै
उडिरहेछन् दिशाहीन भएर
सुन्दर मुलायम
पुूलका कलिला कोपिलाहरु
र हरिया नरम पातहरु
बिलकुल नाङ्गो र कुरुप पार्दै
पर्वतका शृङ्खलाहरुमा लाम बाँधेर
परेडमा उभिएका वटवृक्षहरुलाई ।
लामो खडेरीपछि आएको
अविरल हुरी-झरीद्वारा
घरद्वारा गुमाएका परेवाका बथानहरु
सुकुम्बासीभैष
खडेरीले शुष्क भएको छाती
र वर्षातले निथ्रुक्क भिजेको जीउ लिएर
न बस्ने बासको ठेगाना
न खाने गाँसको ठेगाना
बिलकुल बेठेगान भएर भौँतारिइरहेछन्
कहिले पूर्व दिशा त
कहिले पश्चिम दिशा ।
त्यस्तो केही छैन पहाडमा
जसको म एउटा कविता लेख्न सकँू
खासमा केही छैन भने पनि हुन्छ पहाडमा
जसको कुनै लेखकले एउटा निबन्ध लेख्न सकोस्
जस्तो िक
धेरै वर्ष लाहुर खाएर
केही महिनाको छुट्टीमा घर फर्कदा
बातैपिच्छे भन्ने गर्छन् लाहुरेहरु
ँसाला पहाड में क्या है’
हो केही छैन ँसाला’ पहाडमा
केही छैन तर जरुर केही छ पहाडमा
जस्तो-
नवजात शिशु मरेका आमाहरुभैष
असाध्य पीडामा आँसु लगाइरहेका
नदीका केही मुहानहरु छन्
चटक्क माया मारेर हिँडे पनि नदीले
अलिकति फोहोर पानी
र केही भ्यागुताहरुको पसल थापेर
कत्ति पनि हलचल नगरी
चट्टानभैष जमेका केही पोखरीहरु छन्
एकैसाथ घर रुङ्दै र काल कुर्दै गरेका
केही बूढाबूढीहरु छन्
अनुहार सकिएका केही पर्वतहरु
र यौवनमै ठहरै परेका केही वटवृक्षहरु छन्
र छन् आँखाबाट रगतको आँसु चुहाउँदै
कलेजै कटाउने गरी घुरिरहेका
सुकुम्बासी परेवाका बथानहरु ।
(स्रोत : आधुनिक नेपाली कविता र अन्य साहित्यक बिधाहरु – Facebook)