~गोविन्द खड्का~
‘निता तिमीले यहीँ विवाह गरी बस । हामी कहिले काँहि तिम्रो घरमा भेट्न न्यूले आएर बसौँला । खाने बस्नेको व्यवस्था तिमीले गर्नुपर्छ ।’ ट्याक्सी चढेर पोखराबाट फर्किदै गर्दा कैलाली कि निता विष्टलाई यसरी जिस्काउँदै थियौँ । जति ट्याक्सी स्पिडमा जान्थ्यो । त्यति मन आत्तिन्थ्यो । छोड्नु पर्दाको पछुतोले चिमोटिरहेको थियो । तर दृश्यहरु हेर्दै गर्दा झमक्कै साँझ प¥यो । लोडसेडिङले देखिन छोड्यो मनलाई जबर्जस्ती थाम्नुप¥यो । यस्तै भयो होला । कैलालीकै पत्रकार लोकेन्द्र विष्टलाई पनि पटक–पटक रमाउँदै गफ थपिरहन्थे ।
हो । निताको मन पनि नजितेको थिएन पोखराले । ‘साँच्चै बसु बसु लाग्यो दाई । तपाईहरु आउँदा बहिनीको लागि भनेर के के ल्याईदिनुहुन्छ होइन ? ।’ उनले झर्को नमानेर जवाफ फर्काई रहिन् । फुच्चे टेयाक्सी भित्रबाट दायाँ बायाँ ढल्किदै फोटा खिच्यौँ । होचो ट्याक्सी चढेर ठूलो फोटा खिच्न सम्भव थिएन । वारी पारीको जम्मैकुरा बोकेर ल्याउँ जस्तो लाग्थ्यो । मनले भनेपनि सम्भव थिएन । डाँडा देख्दा पनि बोकेर लैजान्छु, पहाडका थुम्का भेट्दा पनि चोरर भाग्छु । झुलेका धान एउटा पनि रहन दिन्न भन्दै जे जे मन लाग्यो बोल्दै हिँड्थेँ । ल्याएर पनि पहाडमा अर्को पहाड थप्दा झन् के हाला ? यस्तै तर्कैले मन शान्त पार्नु बाहेक अरु के उपायो थियो र ? क्यामेरा विना चाहेको तस्वीर लिनै नसक्दा झन् पछुतो लाग्यो । मन उतै रहेपनि हिँड्नुथियो ।
अघिल्लो दिन साँझसम्म पक्का थिएन जानेकी नजाने । मानव अधिकारका लागि महिला एकल महिलाका कार्यक्रम अधिकृत दिनेश अधिकारीले पत्रकारबाट तपाई जानुपर्छ भनेका थिए । तर फेरी फोन गर्छु भनेर योजना शंकामै राखिदिए । पहिलो पटक पोखरा जाने भनेपछि मन उत्ताउलीएको थियो । आफ्नो तर्फबाट जस्तो सुकै काम पनि छोड्न तयार थिएँ । अफिसको कारण रोकिदा सायद ठूलै झड्का लाग्थ्यो होला । बिहान ६ बजे हिँड्ने भन्दा ठूलै दुर्घटनाबाट बचे जस्तो अनुभूति भयो । बुटवलमा गाडि बिग्रीदा लागेको आघा घण्टा समय आधा वर्ष भन्दा बढि महशुस गरे कति रहर लाग्यो होला ? तर पनि साँझ ६ बजे लेकसाईडको प्यारासाईड होटेलमा पुगियो ।
मेरा लागि मुग्लीनसम्म त नौलो थिएन । गुल्मीतिर लागियो शुरुभयो रहरलाग्दो दृश्य । नयाँ ठाउँले कौतुहलता जगायो । जति हे¥यो उतै हराउँ जस्तो । दमौलीको एकीकृत माओवादीले बनाएको शहिद गेटभित्र छिर्दा सम्म ल परीसकेको रहेछु । कुनै मादक पदार्थले बदले जस्तो एकाएक शहिदलाई सम्झनु पर्दा लामोनिद्राबाट व्यूझे जस्तो भएँ । म कति लोभिई सकेको थिएँ । अगाडि बढ्दै गर्दा खोलाको किनारतिर सुख्खा वगर छ कि भनेर हेर्छु धानबाला झुलेका छन् । हाम्रा खेतहरु पानी नपरेर उजाड छन् । वारीहरुमा धुलो उडिरहेको छ । एक दुई झरी धुलोले त्यसै पचाईदियो । तर पोखरामा, अहँ कतै नाङ्गो देख्न पाए पो । सेती नदीको बाढिले उजाडिएको दृश्य देख्न समयले साथ दिएन । त्यस बाहेक मकैहरु घोगा बोकेर ठडिएका छन् । हरिया रुख र बोट विरुवा नहुने त कहाँ होला र बारी पनि सुन्तला, लिचि लगाएतले ढपक्कै पारेका छन् ।
हाम्रा पहाडहरु मान्छे र जनावर खसाली मार्न बनेका हुन् जस्तो लाग्छन् । म रुकुम घरमा बस्दा जंगलमा गाई चराउन जाने कति पटक गाई खसेको देखेँ, रोएँ । आफै घाँस काट्न गएको कति पटक कालबाट बाँचेँ । मेरो अनुहार छामेँ । अझै पनि दाउराको भारी बाँध्ने लरो तान्दा खसेको घाउ दाग बनेको छ । अहिले पनि महिनौँ जसो भिरबाट खसी मरेका समाचार आई रहन्छन् । त्यहिँ बसेर किसान पेशा रोजेको भए मेरो नाम पनि त्यो लाईनमा आउन के बेर ? अहिले पो पोखरा पुगेर डाँडाहरुलाई तुलना गर्ने अवसर पाएको छु त ? अरु जिल्लाका डाँडा पनि देखेको छु । रुखा धुपी सल्लाले भरिएको हुन्छन् । कुशुममा चिप्लेर कतिको ज्यान गयो गयो । एक चोटि खबर आउँछ इतिहाँस मेटिन्छ । अहिले सम्म कै खसेर मर्नेहरु भनेर कस्ले जोडेर राखेको छ र ?
त्यसो होईन रहेछ । पोखराका पहाडहरु त मनोरञ्जनका लागि ठड्याएका हुन् । एउटा थुम्कोलाई स्वयम्भुको मन्दिर भन्दा रहेछन् । जंगलको वनावट भनौँ कि सजावट त्यस्तै देखिन्थ्यो । साँच्चै घुम्टो ओढेर हलचल नगरी बसेकि बेहुली जस्ती हरेक पहाडहरु देखिन्छन् । कति कति बेला सबैको छेक हेरेर बेहुलीले पुलुक्क निकाल्ने आँखा जस्तै सूर्यले चियाउँथ्यो । अनि आकाश बाट सुन्दर रंगिन टेन्टले सजाईएको मञ्च जस्तै लाग्थ्यो रंगिन बादल मुनीको पोखरामा बस्दा । बजारको छेउछाउमा फलफुलका बोक्रा र कागजका टुक्रा खोजँे कतै भेटे पो ? नेपालको चेरा पुञ्जी भनेर चिनिने पोखरामा नियमित पानी पर्नाले धुलो उड्ने त कुरै भएन ।
हामी त्यहि जमातका सहाभागी भयौँ । जहाँ नेपाली मात्रै होईन विदेशीहरु पनि चर्चामा आएको नयाँँ चिज चाँडो देख्न हत्तारीएका छन् । सडकको दायाँ बायाँ किनारामा लस्करै जोडी मिलाई हिँडिरहेका देखिन्छन् । म त फेवातालसम्म पुग्दा कुन दुनियाँमा छु भन्ने सम्म विर्सीएँ । होटेलका बैठकका अग्ला तलाबाट विदेशिले हेरीरहेका थिए । उनीहरुसंग आँखा जुझाउँदा कतै संकेत गरेका हुन् कि जस्तो भान हुन्थ्यो । कतै पढेको थिएँ नेपाली पुरुषबाट विदेशी महिलाहरुले मनग्य यौन आनन्द लिन चाहन्छन् । उनीहरुले त्यसवापत पैँसा पनि दिन्छन् । कतै उनिहरुको हेराईमा झल्किन्छ की भनेर बडो सजक भएर पाइला नियालें । हुन त म, दिनेश र कैलालीका ईन्द्र थियाँँै । स्टापहुन् उनीहरुका कुरा मिल्ने देखियो म त एक्लीनु स्वाभाविकै थियो । त्यो पनि राम्रै लाग्यो मेरो ध्यान भंग गर्न कसैले पाएन । त्यसैले पनि विदेशी देखि नेपालका विभिन्न ठाउँका व्यक्तिका अलग फेसन, हिडाईको शैली मजाले नियालेँ ।
फेवातालमा पुग्दा अँध्यारोले दिनको घाँटि च्यापीरहेको थियो । दिउँसै भएपनि तालको सबैतिर एकै दृश्यमा भ्याउन सकिने अवस्था होइन । डुङ्गा चढ्दा पनि टिम बनाउनु पर्ने रहेछ । केही भारतीय र केहि नेपाली सहित ८ जनाको टिम बन्यो । बाराहि मन्दिर पुगियो । समय छैन भनेर चाँडै फर्किन माझिले उर्दि जारी गरेपछि केही फोटा हान्न बाहेक अरु अवसर पाएनौँ । साँझको समय मुसा र परेवा मन्दिरमा लुकामारी गरीरहेका थिए । देखिने भगवान उनैलाई माने । त्यो तालको विचमा रहेको मन्दिरमा पुजा गरे पुण्य हुन्छ भने पनि पत्याउनै सकिने । खै किन हो पुजा संंग कुनै अपेक्षा गर्ने लत बसेको छैन । श्रम बाहेक अन्यबाट केहि पाउँछु भन्ने भरोसा कहिल्यै लागेन । पुजा गरीन । संरचनाको सम्मान गरेँ । चारैतिर घुमेर अवलोकन पनि । तर नियम मान्दै जुत्ता नखोलेर बाहिर बाहिरै सबैतिर च्याउँदै फन्को लाएँ ।
बिहान तोकेको समयमै कार्यक्रम हलभित्र पुगियो । टेलिभिजनमा हेरेको संसद भवन जस्तै बत्तिले सजाईएको कान्तिपुर होटेलको सुन्दरहल भित्र नास्ता खानै धौ भयो । अरुले लाएन छन् । मैले मात्रै सुटलाउँदा हेरिरहेका होलान् जस्तो लाग्यो । काँटा प्लेट अनि के ले के खाने ? कति त थाहै नभएका परिकार पो रहेछन् । धौ भयो । लगतै शुरु भयो कार्यक्रम निकै रमाईलो दोहोरो छलफलका साथ बढ्यो । स्वास्थ्यका लागि मानव संसाधन कार्यक्रमा विभिन्न तहका डाक्टरहरुले विभिन्न अध्ययन प्रतिवेदन पेश गरे । तर टिप्पनण्ी गर्ने देखि छलफलमा भागलिने सबै अंग्रेजी बोल्न लागे । भयो फसाद । अनुमान गर्दै बुझ्न मनलाई हृदयको दोभासे बनाउनु प¥यो ।
मैले धेरै कुराको उपलब्धि भएको महशुस गरेँ । सरकारी अस्पतालमा घोटाला कसरी हुँदो रहेछ ? गण्डकि अञ्चल अस्पतालमा रहेको फार्मेशि (मेडिकल) को भाडा मासिक २२ लाख रहेछ । त्यो डाक्टरहरुलाई चलखेल गर्ने ठाउँ हो रे ? अनि सरकारी अस्पतालको महत्व निजी क्लिनिकमा झल्कीदो रहेछ । कुनै अस्पतालको वरिष्ठ फलानो पद, जस्तो वरिष्ठ छाला, दाँत, यस्तै रोग विशेषज्ञ वा यस्तै केहि लेखेर बोर्ड टंगायो नै विरामी ह्रवार ह्रवार्ति आउने । त्यस्तै कुनै अस्पतालमा यति वर्ष सेवा गरेको भने नै सक्षम डाक्टर सम्झीने पैसाको खोलो बगाउने चलन देशभरिकै रहेछ । तर सरकारी अस्पतालप्रतिको विश्वास भने जनतामा हुँदै नहुने रहेछ । मलाई साह्रंै छोयो । किन भयो यस्तो ? नेपाल सरकार यही कुरा किन जान्दैन ?
विरामी उहि हुन्छ डाक्टर संग निजी क्लिनिकमा खुल्न सक्छ । सरकारी अस्पतालको आला पहिरीएका बेलामा हतियार सम्झन्छ । उसले लगाउने सरकारी सिरिन्ज घोच्ने संगिन बुझ्छ तर निजीमा सितलो पार्ने जिवन दाता सम्झन्छ । सरकारी अस्पतालको औषधि विष बराबर हो फाईदा गर्दै गर्दैन उल्टो नोक्सान हुन्छ भन्छ । निजीमा त्यहि ट्याब्लेट खायो भने काँडा निकाले जस्तै हुन्छ । देखे भोगेकाहरु यस्तै भन्नथाले । मलाई यसले विचलित बनायो । सरकारी अस्पतालमा स्वास्थ्यकर्मी शासक हुन्छन् । औषधि खाने तरीका र अपनाउनु पर्ने सजगता बताउँदैनन् । लेखेर जवर्जस्त हुत्याईदिएको चरक्क आत्मा काट्ने गरी एक शब्द बोलेको व्यवहार विरामीलाई पच्दैन । उनिहरुको पेशागत हकहित पाउन देखि शुरुभएको राजनीति गरीवको सरकारी कोटामा आफन्तलाई पार्छन् वा वेचिखान्छन् । आफ्नो सागो सन्तान आफन्तजन कोहि कसैले दुःख र खर्च व्यहोर्नु पर्दैन । गरीव बरु मरेपछि उसका अंग र हाडखोर बेचेर पैँसा पाईने थियो भन्ने सपना देख्छन् । सेलाउन समेत रकमले नधान्ने गरीवका लाँसमाथि लाखौँको दलाली चल्छ रे ? ठूला अस्पताल वरपर लास खोसा खोस् हुन्छ रे ? यस्तै सुनाए ।
यसरी गोष्ठिमा कुरा सुनिरहँदा आफू कुन संसारमा छु भन्ने भेउ पाउन धौ भयो । सुन्दर मनोरम दृश्य एकातिर नाचेको छ । अर्कातिर नेपाल सरकारका कर्मचारी हाम्रो कर काटेर बाँचेका सेवकहरुको त्यस्तो अत्याचार घिनलाग्दो प्रवृत्ति देखिन्छ । आफूलाई सम्हाल्न असाध्यै धौ भइरह्यो । अपच भएजस्तो दिमाग अटेस मटेस छ । कसरी अभिव्यक्त गर्नु । झन् मन्त्रालयका जिम्मेवार अधिकारीले निरासाजनक कुरा सुनाए । मन्त्रालयको कुन कर्मचारी कहाँ गएको छ थाहै हुन्न रे ? १६ वर्षपछि मेरो हाजिर खै भन्न भर्खर स्वास्थ्य मन्त्रालयमा फार्मेशी अधिकृत आएका छन् भन्नलागे । यसो त तलकाले विरामीलाई छुँदा खेरी मयल सर्ला भन्ने जस्तो गर्ने, विरामीलाई सल्लाह सुझाव दिँदा बोलि महंगो पर्छ जस्तो गर्ने, दुर्गममा जानै नमान्ने, सरकारी अस्पताल जसले पद र पैँसा दिएको छ त्यहाँ बस्नै नमान्ने, अवसर खोज्दा जे सम्झौता पनि गर्ने, नपाउँदा लम्पसार पर्ने पाईसकेर वाचा पुुरा गर्दा पैसामा हिसाव गर्ने घुसबाट मिलाउने, यहि यस्तै डरलाग्दा कुरा सुनेर झनै अन्यौलमा परेँ । कार्यक्रमबाट बाहिरिदा साँझ परी सकेको थियो । तर दृश्य सबै देख्न मिल्थ्यो । सबै कुरा भुलेर उतै हराउने मन थियो ।
(स्रोत : Ganatantradaily)