कविता : सर्वहारा

~रेम राना~

म त सर्वहारा सबै सम्पत्ति हारेको गुमाएको
सम्पत्ति मेरो केबल हात पाखुरी
नाफाको आधारमा म बाँच्दिन
किनभने म परजिवी होइन
अरुको कमाईमा बाँच्ने।

बरु म त अतिरिक्त श्रम बेचेर बाँच्छु
त्यही अतिरिक्त श्रम भित्र
मालिकका गगन चुम्बी महल खडा भएका छन्
उनीहरुका निजी स्वार्थको
समुन्द्री छालसँगै
मेरो हर्ष र विस्मात
जीवन र मृत्यु
हाँसो र आँसु
सम्पूर्ण मेरा जीवनको अस्तित्व
उनीहरु कै श्रमको मागमा टिकेको छ
मेरो श्रम विकाउको वस्तु भएको छ
त्यही नाफाखोर पूँजीको उचार चढाव
छाला भित्र डुबुल्की मार्दा
थाहा पाएको छु
यिनका श्रम शोषणका तिगडमहरु
त्यसैले मनभित्र आगो सल्कीरहेको छ
संकल्प गरिरहेको छु
हारे यही ज्यान र हथकडी
जिते सारा संसार

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २ – २०६७ मंसिर ८ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.