~तुलसी पाण्डे~
अमिट ती जड्डे खम्बा ढलिसके पछि,
नेपालकोसीमा खोज्न कहाँ जान्छौं तिमी,?
शत्रुमित्र छुट्याउने भावना नै मरे पछि,
कुन मित्रको खोजी गर्दै हि्रड्ने गर्छौ तिमी?
नेपालको भूमिमा विदेशी भित्र्याएपछि
रगतको नाता खोज्दै कहाँ जान्छौं तिमी?
आफ्नी आमा रूवाएर अरूलाई हसाँएपछि
आमाका स्नेह खोज्ने कहाँ जान्छौं तिमी?
बहिनीको इज्जतलाई दुष्टले लुटेपछि,
कुन दाजुको परिचय दिंदै हिड्नै गर्छौ तिमी?
रामको अग्नी परीक्षामा सीताहरू जलेपछि,
आदर्श नारी खोज्न कहाँ जान्छौं तिमी?
एसियाको ज्योति निभी अन्धकार छाएपछि,
गौतमबुद्ध खोज्नलाई कहाँ जान्छौं तिमी?
पासाङ जस्ता नारीलाई हिउँ पैरोले पुरेपछि,
सगरमाथा शिर खोज्न कहाँ जान्छौं तिमी?
शिरिषको फूललाई शिरोटोले खाए पछि,
पारिजात खोज्नलाई कहाँ जान्छौं तिमी?
शहिदको रगतको व्यअर्थ आएपछि
नेपाली सपुत खोज्न कहाँ जान्छौं तिमी?
पहाड, पर्वत, हिमाल तराई टुक्रिएपछि,
अखण्ड नेपाल खोज्न कहाँ जान्छौं तिमी?
नेपालको भूमिमाथि विदेशीले परेड खेलेपछि,
नेपालीको गौरव खोज्न कहाँ जान्छौं तिमी?
सप्तरंगी इन्द्रेणीको नौ रंग बोकेपछि
नौ रंगको कदर गर्न कहाँ जान्छौं तिमी?
विस्तारवादको भैमरिमा तराई, पहाड परेपछि,
कालापानी सुस्तालाई कहाँ खोज्छौं तिमी?
साम्राज्यवादी अमेरिकाले नेपालले खाएपछि,
इतिहासको पाना पल्टाइ के खोज्ने छौ तिमी?
हराभरा जमिनहरू मरूभूमि भएपछि,
कुन नेपालको निर्माण गर्दै हिंड्ने गछौं तिमी?
गरीब मजदूर जनताहरू भोकले मरेपछि
कुन सर्वहाराको मुक्ति गर्दै हिंड्ने गर्छौ तिमी?
बन्द हड्ताल दिउसै कफर््यु लागेपछि,
गणतन्त्र नेपाल भनि के चिनाउँछौं तिमी?
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ७ – २०६६ पुष ८ गते बुधबार )