कविता : बिकृत बाटो

~टेकब कोइराला~Tek B Koirala

बिमला !
के तिमी पनि यही बाटो जान्छौ र

यो त मैले हिँडिसकेको बाटो
अनुभूत गरिसकेको बाटो
अभ्यास गरिसकेको बाटो
यो बाटोमा कुनै चौतारी छैन
कुनै देउराली छैन ।

यो त मैले भोगिसकेको बाटो
यो बाटोमा कुनै मिठास छैन
मनोराजन छैन र
कुनै महकता छैन ।

यो त मैले बुझिसकेको बाटो
यो बाटोमा कुनै बस्न लायकको बास छैन
खान लायकको गास छैन
सृष्टि धान्नको लागि एकथोपा पुंषत्व छैन ।

छ त केवल
निष्पट्ट अन्धकार छ
यत्रतत्र सन्त्रास छ
निराशा छ अिन
तिमीले सोच्दै नसोचेको गहिरो भुमरी छ ।

बिमला !
के तिमी पनि यही बाटो जान्छौ र

(स्रोत : बेग साप्ताहिक, कटारी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.