कविता : देउता

~पवन भण्डारी ‘किरण’~

कस्तो हुन्थ्यो होला
मस्जिदबाट अल्लाह निक्लिएर
मेरा प्रश्नको जवाफ दिए ।
म सोध्ने थिएँ
शिर काटिएका र गोली खाएका
मेरा दाजुभाइको कसूर ।

कस्तो हुन्थ्यो होला
चर्चबाट जिसस निक्लिएर
मलाई हेरिदिए
म सोध्ने थिएँ
इरान र अफगानिस्तानको मैदानमा
कसले जिते र कसले हार भनेर ।

कस्तो हुन्थ्यो होला
मन्दिरबाट शिव निक्लिएर
मेरा अगाडि आइदिए
म सोध्ने थिएँ
नेपाली धर्तीमा
आपुूलाई आहुति दिने
हजारौं शहिदहरुको
इच्छा के थियो भनेर
कस्तो हुन्थ्यो होला
सबै देवताहरु
आ-आफ्नो शयनकक्षबाट उठेर
धर्तीमा पाइला टेकिदिए
म खुशीले पागत हुने थिएँ
किनकि मैले आजसम्म
देउता देखेकै छैन ।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४ – २०६६ मंसिर १७ गते बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.