कविता : घामका पाइलाहरूले कुल्चेपछि

~सरण राई~Saran Rai

अश्रुपुरित नजरले म पछाडि हेर्दिनँ
युगल हातहरू तिमी बिदामा नहल्लाउनु
अदृश्य सुइरो मनभित्र रोपिदै गैरहेपनि
बिरामी कुरुवा जस्तै तिमी भैरहेपनि
झझल्काहरू गुथ्थ परिरहेपनि
घामका पाइलाहरूलेआँसुको आलो डोब नौनीजस्तो नरम मनमा नपार्नू
युगल हातहरू तिमी बिदामा नहल्लाउनु
भौतिक रूपको ठूलो लेनदेन होइन जीवन
मानव मूल्यको नयाँ चेतना मौन रूपको सञ्चार पनि हो जीवन
के दियो ? के लियो ?
बामे सर्न, टुकुटुकु ढुन्मुनिदै हिडन आफ्नै हुतिबाट
सानो बिउ, बेर्ना, बोट, बिरुवा÷रूख हुन सिकायो
कुमले अनेक र असह्य भारी बोक्नुपर्दा
दुवैतिर बाँडेर बोक्न अनि वहन गर्न समर्थ बनायो
एउटा कुममा परिवारको र अर्को कुममा देश र समाजको
भरी बोक्न सिकायो
माताले शिशुलाई भरपुर दुध ख्याउन नपाएर
स्तन गानिएझैँ
सम्पूर्ण स्नेह जीवनमा पोख्न नपाउदा
छोरीको लागि न्यानो भोटो तयार पार्न
उत्तरमा भेडाहरूसँग उन माग्न गएकी आमा नफर्कदा
विगतलाई उग्राउदै जीवनको अन्तिम सर्कोसम्म पुग्दा पनि
प्याज छोडाएजस्तै ताछी ताछी जीवन अथ्र्याउन सकिएन
र त घामका पाइलाहरू
नौनीजस्तो नरम मनहरूमा आँसुको आलो डोब पार्दै
निरन्तर अघि बढिरहन्छ
सुकिसकेको खोला फर्किने आशमा …

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.