~आचार्य प्रभा~
महिला सम्मेलन हलमा महिलाहरुको निक्कै जमघट थियो ।
एक महिला – “त्यो रमाले साडी लाएकी हेरन!कस्तो नमिलेको” ?
दोश्री महिला- “उस्को जहाँ जाँदापनी त्यही साडी फेमस छ” !!!
तेश्री महिला – “साथी हो!आज मलाई यो लुगाले भद्दा त देखिएको छैन” ?
चौथी महिला – “आहा!सबैभन्दा आज त रमिला पो च्वांक देखिएकी छ त”!
यत्तिकैमा आव्हान भयो ल!सबै दिदीबहिनीहरुले आ-आफ्नो बिचार आजको बिषयमा छलफल गर्ने ।
बिषय थियो “गाउँका महिलाहरुलाई कसरी स्वावलम्बी बनाउने?”
सबै हत्तार हत्तार आ-आफ्नो ठाउँमा मुखामुख गर्दै बसे।
एउटीले सानो स्वरमा फुस्फुसाइे । “ज-जस्ले स्वावलम्बनको पाठ सिकेको नै छैन उनिहरुले गाउँका महिलाहरुलाई के भनेर सिकाउने”? बरु हामी नै यहाँ सम्मेलन र भेला गरेर बस्नु भन्दा एकपटक गाउँकै जिन्दगी भोगेर पाठ सिक्न जरुरी छ । ”
रचना – जुलाइे – १०-२०१४
आचार्य प्रभा
अमेरिका
(स्रोत : Nareedarpan)