~जानकी जानु~
जीबनमा जितेर पनी कहिले काँही कसैको खुसीको लागी हार्नु पर्ने रहेछ आज त्यहि हारमा पलपल जली उनको मायामा तिरस्कृत भई बाँचेकी छु । खै कहाँबाट शुरु गरौं मैले आफ्नो जीबन कथा ? भएर न अन्त्य भयो न अन्त्य हुनलाई शुरु भयो, कसरी म भुलौं जीबन तिमीसँग बिताएका अतितका ति पलहरु ? तिमीले झै भूल्न सकेकी भए त आज बारम्बार तिम्रो यादमा तड्पिने थिईन होला । जीबन बिछोडको बियोगमा जलिराखेकी छु, हिजोको त्यो हाँसो खुसीहरु कहाँ गयो थाहा भएन । धेरै सपना देखेकी थिएं तिमीसंग दु:ख सुख साटी जिन्दगी जीउने तर आज ति सपना सपना नै रह्यो । हो जीबन तिमीले नै सारा सपना लुटी दियौ तिमीले नै भन्ने गर्थ्यौनी सरु तिमी नै त मेरो जिन्दगी हौ तर जीबन झुठो आशा देखाएर तिमीलाई के नै मिल्यो र ? के भुल भयो र जीबन म बाट आज आएर एकाएक तिमीले मलाई धोका दियौ ? किन जीबन मेरो मायामा कुनै कमि थियो र तिमीलाई नै मैले आफ्नो जिन्दगीको घर सम्झेको थिएं, मेरो जिन्दगीको घर बन्नु भन्दा पहिला नै तिमीले भत्काईदियौ ।
मैले मेरा आफ्ना-आफन्त सारा त्यागी मेरो जिन्दगी तिमीलाई अर्पण गरेकी थिएं । आफै सोंच त जीबन हिजोका दिनहरु कती रमाइलो कती खुशी थियो त्यो ऋतुमा भरिएको हरियाली बसन्तमा फूलेका फुलहरु हामी दुईलाई देखेर आफ्नो रुपरंगै फेरी हाम्रो आगमनमा झुमी दिन्थे । आज त्यही बसन्त ऋतु पत्थरको पतझड भएको छ । हो जीबन हामी दुईको अनुपस्थितिमा त्यो भन्ज्याङ्गको चौतारी पनी भत्किएको छ । यो डाँडापाखा पखेरोले तिमीलाई नै बोलाउँछ त्यही आवाज पहरामा ठोक्कि-ठोक्की तिम्रो गित गाउँछ । जीबन हाम्रो मायामा दैब लाग्यो भनौ या कसैले लुट्यो त्यसैले त तिमीलाई म बाट टाढा बनाइदियो । जीबन तिमीले बाटो मोड्नुभन्दा पहिला नै मलाई एकचोटी भनिदिएको भए पनि त तिम्रो खुशीको लागी मैले आफ्नो मायालाई बलिदान गरिदिन्थें ।
तिम्रो मायामा मैले आँखा बन्द गरें, यौवनको आबेगमा आई वेहोशीमै अँगाल्यौं तिमले जब तिम्रो स्वार्थ पुरा भयो अनि तिमले आफ्नो रुप फेर्यौ । जीबन के यहि नै माया हो ? सोंचेकि थिएं, तिमलाई आफ्नो जिन्दगी तर ब्यर्थ रहेछ चाहेर पनी तिमलाई आफ्नो भन्न सकीन । तिमिले त हाम्रो मायालाई कति सजीलै भुलिदियौ । कास.. तिमले झै मैले पनी भुल्न सकेकी भए.. तिमिसँगको बिछोडको बियोगमा जल्नु पर्ने थिएन, समाजको अगाडी तिरस्कृत भइ बाँच्नु पर्ने त थिएन । जीबन तिमलाई केही पल पाएं केही केही क्षणमै गुमाएं यो मायामा जितेर पनी हार्नु पर्ने खै कस्ले शुरुवात गर्यो यो माया भन्ने चिज ? चैत्र मास खडेरी परेजस्तै भयो आज मेरो माया । बिधीको बिडम्वना भनौ या भाबीको लेखान्त.. तिम्रो र मेरो प्रेम जीबनको एक अबिस्मरणिय कथा बन्यो, तिमीले साथ छोडिदिंदा, हो जीबन । आज तिम्ले हाम्रो मायालाई जिन्दगीको कथा बनाईदियौ । मेरो जीबन आज मेरो भएन, आज कसैको जित भएको छ । तिम्रो साथमा जिउने सपना अभागी सरुको सपना नै रह्यो । प्रेम जित भनौ या हार तर…
यो एउटा कथा मात्र हो, जानकी जानु ।
कुवेत
रचना: २०११-०६-३०
(स्रोत : KuwaitNepal)