~गङ्गा कर्माचार्य पौडेल~
अभिशेषलाई बिरामी हजुरआमा छोडेर स्कुल जानै मन लागेन । उस्ले आफ्नी आमासँग सोध्यो “आमा ! आज म स्कूल जान्न है -”
“किन नजाने – दिनभरी हल्लेर बस्न -” प्रति प्रश्न गरिन् अमिलाले ।
“हैन आमा घरमा बसे पनि लेखेर पढेर बस्छु” अभिषेकले भन्यो ।
“उसो भए तँलाई पैसा खर्च गरेर किन स्कुल भर्ना गर्नु पर्यो -” जङगीएर भनिन् तिनले अभिशेष नबोली हजुरआमाको कोठामा गयो र नजिकै बस्यो ।
हजुरआमाले नातीको कपाल मुसार्दै भनिन् “बाबु स्कुल नगएर किन यहाँ आको नी -”
“हजुरको माया लागेर आ को” अभिशेषले भन्यो ।
“हो र – कति लाग्छ नी मेरो माया – हजुरआमाले सोधिन् ।
“यति धेरै लाग्छ” अभिशेषले दुइ हात फैलाएर देखायो ।
हजुर आमाको आँखाबाट हर्षो आँसु वषिर्यो । त्यो देखेर अभिशेषले आँसु पुछिदिएर भन्यो “नरुनुस् हजुरआमा म छु नि । भोली पर्सि म ठूलो भएर धेरै पढ्छु, काम गर्छु नि पैसा कमाएर गाडी किन्छु अनि हजुरलाई सर्रर घुमाउन लैजान्छु है ।”
हजुरआमा मुसुक्क हाँसिन र भनिन् “बाबु ठुलो हुन्जेल म आकाशमा तारा बनि सक्छु ।”
“नाई म हजुरलाई जानै दिन्न के ….. । हजुर गए मलाई कल्ले कथा सुनाउँछ नि – बाबा अफिस जानुहुन्छ मसँग बोल्ने फुर्सद छैन । आमा खाली गाली मात्र गर्नुहुन्छ । जतिबेला पनि पढ्पढ् भन्नु हुन्छ । मलाई कसैले माया गर्दैनन् । हजुर नभए म एक्लै पर्छु मलाई छोडेर नजानुस् भनि अभिशेष हजुरआमाको छातीमा घोप्टो परेर रोयो ।
नातीको मायाले हजुरआमा पुलकित भईन् । उनको वात्सल्य छल्केर आयो । नातीलाई स्नेहपूवक छातीमा टाँसिरहीन् । त्यहिबेला विवेक टुपलुक्क आईपुगे । नाती र हजुरआमाको माया ममता देखेर उनको पनि आँखा भरियो ।
छोरा आको देखेर आमाले सोधिन् “विवेक ! आज किन छिट्टै आयौ -”
“अघिपछि भन्दा हजुरलाई अलि बिसन्चो देखेर” विवेकले भने ।
“मलाई केही हुन्न तिमीहरु त्यसै आत्तिएर स्कुल, अफिसै छोड्यो” उनले भनिन् ।
“मेरो निम्ति आमा भन्दा ठूलो जागिर हैन । जागिर पछि पनि पाउन सकिन्छ तर आमा पाईदैन” त्यसो भनिरहँदा विवेकका आँखा रसाए ।
बिचैमा अभिशेषले सोध्यो “हजुरआमा ! भोक लाग्यो – जाउलो ल्याउँछु है ।”
“भैगो पछि खाउँला भनिन् हजुर आमाले र मनमनै सोचिन् “भर्रखरै सात पुगेर आठ लागेको बच्चाले जाउलो बनाउन के जान्दथ्यो बिचरा ।”
“ल्याउँछु के ………. मलाई जाउलो पकाउन आउँछ” अभिशेषले फेरि भन्यो उसका कुरा सुनेर हजुरआमा र बाबा मुखामुख गरेर हाँसे । त्यसपछि अभिशेषलाई बाबाले भने “हजुर आमालाई ख्याउने नै भए दुध तताएर ल्याउ मैले हरलिक्स विस्कुट ल्याएको छु अहिले त्यै खान दिने ।”
अभिशेष फुर्किदै भान्छातिर गयो । दुध तताएर गिलासमा खनाउदै गर्दा अमिलाले देखिन् र झपार्दै भनिन् “कति कोचाउँछस् विरामीलाई धेरै खान दिए ओछ्यानमा फोहर पार्छन् भन्ने थाहा छैन तँलाई – नलैजा दुध ।”
अभिशेषले पर्लक्क आँखा पल्टाएर आमालाई हेर्यो र भन्यो लान्छु के ……..। आफुले भनेको छोराले नमान्दा अमिला रिसले चुरिदै उस्को पछिपछि गईन् । लोग्ने समेत त्यहि देखेर जङ्गदिै भनिन् “अफिस छोडेर किन घेरा हालेर बस्नु पर्या हो कुन्नी -”
आमा प्रति पत्निको रुखो व्यवहार खप्दै आएका विवेकले पहिला तिनलाई व्यङ्ग्य गरेर भने “अमिमा त्रि्रो नाम जस्तै स्वभाव पनि त्यस्तै सुन्दर छ । कल्ले जुराको होला हगि – त्यसलाई त धन्यवाद दिनै पर्छ ।”
ठुस्स परेर भित्तामा अडेस लाएर उभिएकी अमिला त्यो सुनेर मुसुमुसु हाँसिन । त्यसपछि विवेकले सम्झाउँदै भने “हेर अभिला तिन कुरा कहिल्यै नविर्सनु । एक, मानिस जन्मेपछि एक पटक सबैले बुढो हुनै पर्छ । दर्ुइ, छोराको विहे पछि स्त्रीजातिले सासु बन्नै पर्छ । तिन, जुनसुकै प्राणी बीरामी पर्दा मानव भएको नाताले सेवा गर्नुपर्छ । मलाई जन्म दिने आमा त्रि्री पनि आमा हुन । यो कुरा तिमी किन बुझि्दीनौ – हाम्री आमाले गर्दा नै तिमी यो घरमा रजाई गर्दै छौ । मेरा विहाका लागि धेरै केटीको प्रस्ताव आयो तर म प्रतिको त्रि्रो एकोहोरो प्रेम देखि आमाले नै तिमीसँग विहे गरिदिनु भयो । त्यस्ती देवीलाई घरभित्र पसेदेखि अपमान गर्न थाल्यो । आमाले सहदै आउनुभयो । सहनुको पनि हद हुन्छ । तिमीले हदै पार गर्यौ । ओछ्यानमा परेकी आमा माथिको दर्ुर्व्यवहार कुनै छोराले सहन्न बुझ्यौ –
हजुरआमाको पक्षमा बुबा बोलेको सुनेर अभिशेषलाई मज्जा लाग्यो र उस्ले तुरुन्तै भन्यो “बाबा म आजै बिहा गर्छर्ुु मेरो बिहामा झयाई झयाई बाजा बजाउने है –
पति र छोराको कुराले अमिलाको घैटोमा घाम लाग्यो तिनले मनमनै संझिन “मेरी बुहारीले पनि यसै गरिभने मेरो हाल के होला -”
अमिला सासुआमाको गोडामा छाँड हालेर रोइन् र भनिन् “अहंकारले गर्दा मेरो आँखामा पट्टी बाँधियो मलाई माफ गर्नुस् ।”
हजुरआमाले नाती, छोरा, बुहारीलाई स्नेहपूर्वक आशिर्वाद वर्षाइन । अभिशेष दंग पर्यो ।