लाम्चो परेको बगैंचासहितको रेडस्टोन भवनको छेउ हुँदै रेल बेसरी कुद्यो । चारवटा मोटा ताडका रूखहरूको छाँयामा मिलाएर राखिएका मेचहरू पलभरका लागि मात्र देखा परे । अर्कोपट्टि समुद्र थियो । समुद्र चट्टानभन्दा धेरै तल थियो र घरि-घरि समुद्री छालहरू जोडसित चट्टानमै बजारिन आइपुग्थे ।
‘मैले पालेर्मो (Parelmo) बाट किनेर ल्याएकी, रेलभित्र अमेरिकी महिला एक्लै बोली । ‘हामी यहाँदेखि त्यस्तै एक घण्टावरको बजारमा थियौं । त्यो दिन आइतबारको बिहान थियो । व्यापरीले भुक्तानी माग्दै थियो अनि मैले पनि एक डलर र आधा दिएँ । वास्तवमै यो कनेरीले मिठो स्वरमा गीत गाउँछ ।
रेलभित्र उपद्रै गर्मी थियो । झ्याल खुलै भए पनि बाहिरको हावा शान्त थियो । अमेरिकी महिलाले सरर्र झ्याल तानी त्यसपछि भने समुद्र बिल्कुलै देखिन छाड्यो । अर्कोपट्टि पारदर्शी शिशा थियो । त्यसपछि बरण्डा र छेवैमा खुला झ्याल । रेलसँगै समानान्तर बन्दै गएको चिल्लो सडक, सडकछेउमा पङ्क्तिबद्ध रोपिएका धुलाम्य रूख, अँगुरखेतीका साँगुरा प्लट र पछाडिपट्टी खैरा चट्टाने पर्वतसहितको साह्रै मनमोहक दृष्य रेलभित्रैबाट देख्न सकिन्थ्यो ।
अग्ला चिम्नीबाट पुत्पुताइरहेका धुवाँका मुस्ला मार्सेलिज तर्फफैलिदै थिए । रेलको गति कम हुँदै गयो रपहिलो लिक छोडेर अर्को लिकमाथि हुँइकिन थाल्यो । रेल मार्सेलिजको स्टेसनमा पच्चीस मिनेटका लागि रोकियो । अमेरिकी महिलाले आधा बोतल इभियन वाटर र एउटा डेली मेल किनी । केहीबेरका लागि भनेर ऊ स्टेसन प्लेटर्फमतर्फबढी तर टक्क अडिई किनकी रेल त्यहाँ केवल पच्चीस मिनेटका लागिमात्र रोकिएको थियो र अहिले भने विनाजाकारी गुड्न थालिसकेको थियो । त्यो आइमाई फरक्क फर्किदै आफ्नो सिटमा आइहाली । ऊ अलि बहिरी थिई । उसले सोची – रेल छुट्न लागेका सङ्केत उसले थाहै पाइन ।
मार्सेलिज स्टेसनबाट रेल फेरि हुँइकिन थाल्यो । अब चिम्नीबाट निस्किरहेका धुवाँका मुस्लामात्र होइन, पछाडि हेर्दा त मार्सेलिज सहर, पहरे-पहाडलाई पछाडि पार्दै फैलिएको समुद्री बन्दरगाह र पर पानीमा अस्ताचलमा पुगिसकेको घामको आकार पनि देखिन थाल्यो । जसै झमक्कसाँझ पर्दै थियो, रेल खेतको बीचमा आगोले दन्किरहेको झुपडीको छेउबाट हुइँकियो । मोटरकारहरू बीचसडकमै रोकिएका थिए । झुपडी आसपासमा बिछ्यौना र अरु खित्रिङमित्रिङहरू छरपस्टै छरिएका थिए । बलिरहेको झुपडीवरपर तमासेहरू झुम्मिएका थिए । बिहानको उज्यालो छाउँदा रेल अभिग्नोन् (Avignon) आइपुग्यो । मानिसहरू ओर्लन र उक्लन थाले । त्यहाँको स्टेसन प्लेट्फममा न्रि्रो सिपाहीहरू तैनाथ थिए । खैरोपोसाक लगाएका सिपाहीहरूलाई अग्लो आकृति र बत्तीको उज्यालोमा उनीहरूका उचाईका आधारका कारण एकटकले आमनेसामने भइ हेर्न मुस्किल पथ्र्यो । प्लेटफमको निग्रो (Negro) लाई त्यहीँ छाडेर रेल अभिग्नोन् स्टेसनबाट टाढिँदै गयो ।
कम्पाट्मेन्टभित्र भरियाहरूको सुत्नको लागि बिछ्यौना मिलाइसकेका थिए । अमेरिकी महिला रातभर जागा नै रही किनकी रात्री रेलको डरलाग्दो रफ्तारमा ऊ ढुक्क रहनै सक्दिन । झ्यालको अर्कोपट्टि उसको बिछ्यौना थियो । पालेर्मोबाट ल्याएको कनेरीको पिँजडामाथि कपडा सुकाइएको थियो जुन स्पष्टत ः कोरिडोरको हावामा फरफराइरहेको थियो । कम्पाट्मेन्टबाहिर नीलो प्रकाश फैलिरहेको थियो र पुरै रात रेल बेतोड्ले कुदिरह्यो, अनि त्यो अमेरिकी महिला रातभर खुब होसियार रही ।
बिहानपख रेल पेरिस (Paris) नजिकै आइपुग्यो । अमेरिकी महिला स्नानकक्षबाट निस्किई । ऊ फुर्तिली र मस्तकी तरुनी देखिई यद्यपी ऊ रातभरकी अनिदो नै थिई । पिँजडामाथिको कपडालाई आफैंतिर तान्दै उसले पिँजडालाई भर्खर झुल्केको कलिलो घाममा झुण्ड्याई । त्यसपछि ऊ बिहानको नास्ता खानका लागि रेलभित्रकै कार रेष्टुराँमा गई । कम्पाट्मेन्टमा र्फकँदा उसको बिछ्यौना भित्तामा घुसाइएको थियो र त्यहाँ बस्नका लागि आसन बनाइएको थियो । खुला झ्यालबाट छिरेको पारिलो किरणमा कनेरी पखेटा फट्फट् गर्दै थियो । रेल अझै पेरिसतर्फबढ्दै थियो ।
‘यसलाई घाम खुब मनपर्छ,’ अमेरिकी महिला एक्लै बोली । ‘र अब केहीबेरमै गीत गाउन थाल्ने छ ।’
कनेरी पखेटा फट्फटाउँदै चुच्चोले जराजरामा ठुँग्यो । ‘चराचुरुङ्गी भनेपछि भुतुक्कै हुन्छु’ ऊ फतफताई । ‘यो म मेरी प्यारी छोरीलाई लगेर दिनेछु । ल, ल, ऊ हेर त ! नभन्दै गाउन थालिहाल्यो ।’
‘चिप चिप चिप चिप,’ केनरी गाउन थाल्यो अनि घाँटीका नरम भुवा ठड्याउँदै चुच्चोले प्वाँख भित्र-भित्रसम्म ठुँग्यो । राम्रोसँग रेखदेख गरिएको जङ्गल हुँदै रेलले एउटा खोला पार गर्यो । पेरिसभन्दा अगाडि छेउछाउका सानातिना बजारलाई वेवास्ता गर्दै रेल बेतोड्सित कुदिरह्यो । बजारतिर ट्रयामकारहरू यत्रतत्र गुडिरहेका देखिन्थे । रेल अगाडि बढिरहेपट्टि बिज्ञापनले रङ्गाइएका भवनका भवनका अग्ला भित्ता देखिन्थे । केहीबेर अघिदेखि नै मैले अमेरिकी
महिलालाई वास्ता गर्न छाडेको थिएँ जो यसबखत मेरै श्रीमतीसँग बोल्दैथिई ।
‘के तिम्रा श्रीमान् अमेरिकी हुन् -‘, उसले सोध्दैथिई ।
‘हो,’ श्रीमतीले जवाफ दिई । ‘लोग्नेस्वास्नी दुवै अमेरिकी ।’
‘ए, मैले त बेलायती पो भनेकी ।’
‘कहाँ हुनु, होइन नि ।’
‘मैले ब्रेस लगाएको देखेर होला नि,’ मैले फ्याट्टै भनिदिएँ । मैले बोकेका कुरामा अमेरिकी महिलाले पटक्कै चासो देखाइन । ऊ साँच्चिकै बहिरी रहिछ । उसले चलाखीपूर्वक ओठको भाव पढ्न सक्थी । म भने ऊतिर नफर्किई सोझै झ्यालबाट बाहिरतिर टोलाइरहेको थिएँ । ऊचाहिँ श्रीमतीसँग बोलिरही ।
‘तिमीहरू दुवैजना अमेरिकी रहेछौ, मलाई त सार्ह्रै खुसी लाग्यो । अमेरिकी पुरुषहरू साँच्चिकै राम्रा श्रीमान् बन्नलायक हुन्छन्,’ अमेरिकी महिला भन्दै थिई । ‘हेर न, यति हुँदाहुँदै पनि हामीले आफ्नो देश छाड्छौं । मेरै छोरी भेभे (Vevey) को एकजनासँग प्रेमको चक्करमा परेकी थिई ।’ ऊ रोक्किई । ‘वास्तवमा तिनीहरू प्रेममा पागल भएका थिए ।,’ ऊ फेरि रोक्किई । ‘त्यसपछि भने मैले छोरीलाई खोसेर ल्याएँ ।’
‘के यति गरेपछि छोरीले मानी त -‘ श्रीमतीले जिज्ञासा राखी ।
‘के को मान्नु नि,’ अमेरिकी बोली । ‘कति दिन त भोकै बसी, कत्ति दिन अनिदै, मेरो लाख बिन्तिले पनि मनाउनै सकेन । उसले केही कुराको परवाह गरिन । य यत्ति चाहन्थेँ – उसले कुनै पनि विदेशीसँग सम्बन्ध नगाँसिदेओस्,’ ऊ पुन : अडिई । ‘एकपटक मेरो आफ्नै मन मिल्ने साथीले समेत् भनेकी थिई कि अमेरिकी केटीहरूलाई कुनै पनि विदेशीले सन्तुष्टि दिनै सक्दैन ।’
‘ए ! हो र,’ श्रीमती बोली, ‘मलाई त त्यस्तो लाग्दैन ।’
यत्तिकैमा अमेरिकी महिलाले श्रमितीको यात्रा गर्दा लगाउने कोटको तारिफ गरी र कुराकानीकै क्रममा यो कुरा खुल्यो कि उसले विगत बीसवर्षेखि आफ्ना लुगाहरू रु सेन्ट हानोर को मेइजन डी कुटुवर (Maison de Couture) भन्ने पसलबाट किन्ने गरेकी रहिछ । उसलाई चिन्ने एकजना व्यापारी भेन्डुस (Vendeuse) ले उसलाई मनपर्ने कपडाका केही नमूनाहरू रोजेर अमेरिका पठाइदिँदोरहेछ । ती व्यापारीहरू न्यूयोर्क नजिकैको हुलाक कार्यालयम आउँथे । अमेरिकी महिलाको घर हुलाक कार्यालयको छेउमै थियो । सेवाशुल्क खासै महँगो थिएन र तिनीहरूले त्यहाँ उसलाई मनपर्ने कपडाको मोलतोल गर्न दिन्थे । ती कपडाहरू अन्यन्तै सामान्य हुन्थे । कपडालाई आकर्ष देखाउने सुनका लेस अर्थात महँगा वस्तु केही पनि जडिएका हुन्थेनन् । त्यहाँ थिरुजि् (Therese) नाम गरेका नयाँ भेन्डुसभन्दा अगाडि अर्को आमिली (Amelie) भन्ने भेन्डुस् थियो र ती दुई जना सँगसँगै काम गर्न थालेको पनि बीस वर्षपुगिसकेको थियो । त्यहाँका कपडाका नमूनाहरू सधैं एकै किसिमका हुन्थे । अहिले कपडाको मूल्यबृद्धि भएपनि तिनलाई पुराना कपडासँग साटफेर गर्दा पुरानै मूल्यमा पाउन सकिन्थ्यो । उनीहरूसँग उसकी छोरीलाई चाहिने कपडाको नाप पनि थियो तर ऊ अहिले ठूली भइसकेकी हुँदा कपडा साटफेर गर्ने मौका अलि कम हुन्थ्यो ।
रेल पेरिस नगरीको नजिकै आइपुगेको थियो । बाटोमा भर्खरै सीमाङ्कन गरिएको थियो तर त्यहाँ घाँस पलाइसकेको थिएन । अनगिन्ती कारहरू लाइनमा पालो कुर्दै थिए । खैरो फलेकबाट बनेका रेष्टुराँ कार, खैरै काठबाट बनेका सुत्न मिल्ने कार त्यही साँझ पाँच बजे इटाली छुट्नेवाला थिए ।
‘राम्रा लोग्ने त अमेरिकी नै हुन्,’ बारम्बार उसले श्रीमतीसँग त्यही कुरा दोहर्याइरही । म झोलाहरू भुइँमा झार्दै थिएँ । ‘बिहे गर्नको लागि त अमेरिकी लोग्नेहरू संसारकै उत्कृष्ट नमूना हुन् ।’
‘भेभे छाडेको कति वर्षभयो नि तपार्इँले -‘ श्रीमतीले सोधी ।
‘यही मौसममा दुई वर्षपुग्छ । तिमी जान्न चाहन्छ्यौ ! यो उनकै लागि हो, मैले छोरीको लागि कनेरी लगिदिँदैछु ।’ ‘भनेपछि तपार्इँको छोरीका श्रीमान् स्विस हुन्, हैन त ?’
‘हो, ठीक भन्यौ ।’ अमेरिकी महिला बोली । ‘वास्तवमा ऊ भेभेको एउटा खान्दानी परिवारको सदस्य थियो । छिट्टै इन्जिनियर बन्नेवाला थियो । दुई जनाको भेट त्यही भयो र दुवैले सँगसँगै लामो दूरी पैदलै पार गर्दथे ।’
‘मलाई भेभेको बारेमा सब थाहा छ,’ मैले श्रीमती बोलेको सुने । ‘हामी हनिमुन मनाउन त्यतै गएका थियौं ।’
‘ए ! भनेपछि त रमाइलो भयोहोला । पहिले त मलाई त्यो ठाउँको बरेमा थाहै थिएन । त्यतिबिघ्न रमाइलो ठाउँमा रहेछ र पो मेरी छोरी ऊसँगको मायाजालमा परी ।’
‘हो त नि, साह्रै मनमोहक ठाउँ रहेछ,’ श्रीमतीले थपी ।
‘त्यै त !’ अमेरिकी महिला कर्राई । ‘अनि कुन ठाउँमा बस्यौ त ?’
‘ट्रोइस कुरोन्जमा,’ श्रीमतीले भनी ।
‘ए ! थाहा छ तिमीलाई, त्यो त त्यहाँको पुरानो र सुविधासम्पन्न होटल हो नि,’ अमेरिकी बोली ।
‘होला !’ श्रमितीले टाउको हल्लाई । ‘कोठा पनि खुब राम्रा थिए जहाँबाट बर्षातको मौसममा गाउँको साह्रै मनमोहक दृष्य देख्न सकिन्थ्यो ।’
‘बर्षातको बेलामा गएको -‘
हामीले जीर्ण भैसकेका तीनवटा कारलाई पार गर्यौं । तिनीहरू चिरिएर उदाङ्गै देखिएका थिए भने छाना दबिएका थिए ।
‘ऊ त्यता हेर्नुहोस् त’ मैले अमेरिकी महिलातर्फइङ्गित गर्दै गर्दै भनेँ, ‘कस्तो भताभुङ्ग हगी ?’
उसले त्यतैतिर हेरी र बदलामा भताभुङ्ग परको अन्तिम कार देखि । ‘लाई त खाली अघिल्लो रातको डरलाग्दो यात्राको मात्र याद आइरहन्छ,’ उसले भनी, ‘कहिलेकाँही म खाली डरलाग्दा अपशकुनमात्र सोचिरहन्छु । यस्तो रफ्तारमा चल्ने साधनमा अबदेखि म कहिल्यै यात्रा गर्ने छैन रातमा । अरु सुविधाजनक रेल पनि होलान् नि सहरमा, बिस्तारै कुद्ने ।’
त्यसपछि रेल गेर डी लियोनको अँध्यारोमा आएर रोकियो । भरियाहरू झ्यालसम्मै आइपुगे । मैले झ्यालबाटै झोलाहरू पुग्न दिएँ र हामीहरू प्लेट्फमको साँगुरो लम्बाइमा उत्रियौँ । अमेरिकी महिला एकजना भान्छेसँगै थिई । ‘एकैछिन म्याडम, म तपाईँको नाम खोज्दैछु,’ ऊ भन्दै थियो ।
एउटा भरिया सामान राख्ने ट्रक डोर्याउँदै आइपुग्यो र झिटिगुण्टाहरूले भर्यो । श्रीमतीले अमेरिकी महिलालाई बिदाईको हात हल्लाई र मैले पनि त्यसै गरेँ । उसको नाम भान्छेको सहायकले नामहरूको लामो सूचि हेरेर पत्ता लगायो र त्यसलाई आफ्नै गोजीमा राख्यो ।
अन्त्यमा एउटा द्वार आयो र एकजना मानिसले हाम्रा टिकटहरू लियो आ-आफ्नो वासस्थानतर्फप्रस्थान गर्न हामी पेरिस आउँदैथियौँ ।
(स्रोत : Nepalikalasahitya)