कथा : एक मजदुरको बयान

~पुन्यराज पुडासैनी~Punyaraj Pudasaini

मेरो नाम समरध्वज ठकुरी हो । मेरो नामले तपाइलाई लाग्न सक्छ म कुनै खानदानी मान्छे हु तर हैन म त कर्णाली हुम्लाको एउटा अति पीड़ित नागरिक हु ।

मेरो गाउमा जग्गा जमीन छ तर बाली लाग्दैन । परिवारका सबैले हाड घोटेर काम गर्दा पनी ३ महिना भन्दा बढी खान पुग्दैन । अरुका छोरा छोरी स्कूल जान्छ्न मेरा चाही पर्म मेलापात अनी मजदूरीमा साचै त्यस वेला मेरो छाती ग्लानी र पीडाले पोल्दछ । ९ महिना पेट भरनका लागी हाम्रो पूरा गाउका पुरुषहरु कालापथर जाने गरेका छन । त्यहा पसिनाको खोलो बगाएर नून तेल लता कपड़ा जोहो गर्दछ्न ।

म पनी गाउकै टोली संग हिडेको थिए । तर कलापत्थर भन्दा नेपालमानै मजदूरी गर्ने चाहना भो साथिहरु छोडेर म बीरगंजको एक जाना माडवारी कहा भारी बोक्न थाले । ज्याला राम्रै थियो । अगिल्लो शाल त खर्च धानेर केही बचत पनी बनाएर घर गए ।

यसपाली पनी म बीरगंजमा मजदूरी गर्न आएको थिए । सुरुमा त काम राम्रै चल्दै थियो । हामी सबै बस्ने एउटा साझा कोठा थियो । र एक साँझ हामी खाना पकाउने सुरसार गर्दै थियौ । साथिहरु गफ गर्दै थिए । हामी नया संविधान आएपछि मजदुर बाट नागरिक बन्छौ एउटा साथी खुसी हुदै भन्यो । अर्को साथी अव चाही छोरा छोरीले पढन पाउने भए भनेर नाच्न थाल्यो । अर्को साथी आफ्नो टाउकोको नाम्लोको डोब मुसार्दै यो खप्परमा नाम्लोको सट्टा टोपी बस्ने भो भनेर धेरै खुसी भो । र हामीलाई संविधानको बुदा भन्दा नि आफ्नो जीवनको कुरा महत्वपूर्ण थियो । संविधान र सपना संग संगै उडी रहेका थिए हाम्रा अगाड़ी । अनी यसपालीको चाड खुसी साथ मनाउने सल्लाह गर्यौ । अली चाडो घर गएर रोटेपिंग हाल्ने सल्लाह पनी भो ।

भोली पल्ट बिहान हामी नाम्लो लिएर बाहिर निस्कियौ । सडक सुनसान थियो । र पसलहरु बन्द थिए । मान्छेहरु संसय साथ बाहिर सडकमा उभिएका थिए । सोचे अव घोसणा हुने संविधानको स्वागतमा बन्द गरेछ्न । हामी हाम्रो कार्यस्थल पुग्यौ । साहू बाहिर थिए । उनले भने केटाहरु अव तराई बल्ने भो , आन्दोलन घोसणा भो तिमिहरुको काम पनी बन्द भो । बरु हिड आन्दोलनमा जाऊ । हामी छागाबाट खासे झै भयौ । पछिल्लो १५ दिन काम गरेको पैसाले कपड़ा , नून , तेल किन्नू पर्ने थियो । अनी घरमा पनी केही सामान लानु पर्ने । र हामीलाई के गरौ कसो गरौ भयो । हामी मात्र मुखा मुख गर्यौ । हाम्रो सपना माथि तुसरापात भो । गरीव को त सानो सपना पनी पूरा नहुने , गरीव ले कहिल्यै खुसिको न्यानो घाम नपाउने , मन त्यसै अमिलो भो ।

आन्दोलन चल्दै थियो । हामी पहिला कमाएको पैसा बाट जेनतेन गुजरा गर्दै थियौ । बाहिर नारा लाग्दथ्यो एक मदेस एक प्रदेस , पहाड़ी लाइ फासी दे आदि आदि , हामी भित्र गाउको याद मा बन्दी बनेका थियौ । घरपटी ले बाहिर नआउने सल्लाह दिएका थिए । हामी आफ्नै देशमा आफ्नै बाट बन्दी बनाइएका थियौ भन्दा फरक नपर्ने स्थिति थियो ।

आज ५० दिन भो खल्ती रित्तियो काम छैन । चाड नजिक छ । गाउमा छोरा छोरी बाटो हेर्दै होलान । छेउको साथी डाको छोडेर रुन थाल्यो । र अर्को साथी घोर निराशा मा घोप्टो परेर बसिरहेको थियो । यस पटक त छोरालाई स्कूल हाल्दीन को लागी दोब्बर काम गरेको थिए भन्दै अर्को साथी आँशु पुछन थाल्यो । श्रीमती को धोती अव त टालन पनी नमिल्ने भो होला यस पाली एउटा लगिदिने बिचार थियो त्यसले म संग विबाह गरेर ठुलो भूल गरी भन्दै अर्को साथी रुन थाल्यो । म यती वेला सम्म ढुंगा बनी सकेको थिए । न बोली थियो न कुनै प्रतिक्रिया । र म केवल चलने लास मा परिणत भाए ।

सायद ३ घंटा बित्यो बिरह र बिलौनामा अब पैदल गाऊ पुग्न १ महिना लाग्छ । गाडी छैन अनी खाली हात घर जानुको पीडा झनै ठुलो छ । कहर खस्यो थाप्लो मा झे भा छ । आज जे सुकै होस बाहिर निस्कने हो भनी बाहिर गयौ । आन्दोलन चल्दै थियो । एक हुल मान्छे हामी तीर आए र भने इ पहाड़ी छि हमर दुश्मन छि । मैले भने हम भी वैसेही छि जैसे तुम छि । थर व रंग फरक छि नियति वही छि । उसले केही बोलेन तर भीड़ बाट अर्को बोल्यो यी पहाडी हमरा अधिकार लगैछी । हामी हात जोडेर त्यहा बाट बाटो लग्यौ सीधा कोठातीर के कोठा भन्नु साहुको फोहोर थुपार्ने डंपिग साईट तीर ।

अब त हामी सबैको खल्ती खाली भाई सकेको थियो । पेट नभए मान्छे कती असल हुन्थ्यो होला तर पेटले मान्छेलाइ सधै आफ्नो अधिनमा राखेको छ । हामी सबै अव के गर्ने भनेर सोच्न थाल्यौ ।

एक छीन पछि मलाई एउटा उपाय आयो । सबै साथिहरुलाई भने उनिहरु पनी सहमत भए । त्यस पछि उसले आँशु पुछ्यो । हात को हत्कड़ी मिलायो । र अनी मात्र बोल्यो सर हुम्ला ताल्चा वडा नम ३ मेरो घर हो । कुनै दिन पुग्नु भो भने मेरो खबर पुर्याईदिनु है । उसलाई प्रहरी ले थुना कोठा तीर लग्यो ।

भोली पल्ट अदालत ले सजाय सुनायो । समरध्वज ठकुरी , लालसिंग साही लगायत का ब्यक्तिहरु बीरगंज उप महानगर पालिका वडा नम ४ बस्ने ब्यापारी समिन मित्तलको हत्या तथा डकैतीको मुद्दामा दोषी प्रमाणित भएकाले जन्म कैदको सजाय तोकिन्छ ।

(स्रोत : Samaykoawaj)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.