~ज्योति जंगल~
पृथ्बी ! यसरी मात्र हल्लिनू
झरुन् मुनामा अल्झिएका शीतका थोपा
उक्लियोस बतासको ताप उँभोतिर
चलोस चिसो छोएर बतास ।
तर होस् यसरी
मान्छेकै सार्वभौम शक्ति हल्लाएर
पटकपटक विध्वंशको अवतार ननाँच्नू,
पृथ्वी ढोगेर बाँचेका असंख्य प्राणीको ह्दयबाट
विस्वास बहुलाउनेगरी नचल्मलाउनू ।
पृथ्बी !
यसरी मात्र छट्पटिनू,
झरुन् आलस्य तर नझरुन् छानाहरु,
काखीमै च्यापीराखेर शिशु नमरुन् आमाहरु,
हातपाऊ काटेर मात्र नव्यूझियोस् युवक,
नहराउन् कोही परिवार
नपुरियोस् कुनै बंश ।
भत्काएर हिउँको चुचुरो
आँधीको पहिरो नझार्नू,
सतह सिंगारेर आफू उभिने यी मान्छेहरु
तिम्रै सौन्दर्य हुन्,
तिनले माता भनेर पुकारेको सुन्नू,
सातो तिमीसँगै बस्छ मान्छेको
तिन्लाई अनाथ नबनाउनु,
तिनको मुटुनेरि तोड नहान्नू ।
पृथ्बी !
अब कदापि आफ्नो काख नहल्लाउनू ।
(स्रोत : Topnepalnews)