~बासु श्रेष्ठ~
आज स्वदेशबाट चिठ्ठि आयो
रातो रक्तमा लिप्त
आँसु र रोदनले भरिपूर्ण
वेदनाका चिच्याहट
अनि विवशताले भरिएको
मेरो मन कटक्क खायो ।
किनभने
मेची कालीमा गङ्गा होईन
रक्तको भेल छ रे
गुराँसको लाली पनि फिक्का
परेको छ रे
ऋषिमुनीको तपोवनमा
ह्ोम होईन
बदला र अहँकारको ज्वाला छ रे
सगरमाथाको शीर गर्वले नउठी
लाजले झुकेको छ रे
अनि त्यस्तै
कापी कलम समाउने कोमल हातमा
सँगीन भाला खँुडा र बन्दुक छ रे
पे्रम अनि आफन्तको ठाउँमा
घृणा द्वेष र अविश्वास छ रे
विद्यालय पुस्तकालय शिक्षालयहरु
मोर्चा र दङ्गाक्षेत्र बनेको छ रे
कठै शान्तीक्षेत्र राज्यमा शान्ती
कुन चराको नाम भएको छ रे
अझ फेिर
बुध्दका आँखा अब समाधिमा होईन
चिन्ताले बन्द छ रे
चिसो बतास शीतल दिन होईन
त्रासले कामेर चिसिएको छ रे
रवि पनि नाना आशङ्काले
रातो भई उदाउँछ अस्ताउँछ रे
नभपनि शान्तीको रङ्ग छोडी
डरले नीलो भएको छ रे
म निरीह प्रत्येक हरफसँगै दुबै नयन
मेची र काली बगाउँछु
कठै मेरो देश
एकदिन त कसो शान्ती नफर्कला
आफुले आफुलाई नै सम्झाउँछु ।
आर्लिङ्गटन, भर्जिनीया
(स्रोत : Khasskhass)