कविता : अदृष्टि,अवाद अनि अकविता

~बिबश बिप्र~Bi pra

अदृष्टि,अवाद अनि अकविता
दृष्टिहरु आँखाका लागि ।
आँखा अदृष्टिका खातिर ।

सभ्यताको कठघरामा
अर्धनग्न मेरो घाट
आफ्नैँ छातीको उतारचढाव देख्न चाहन्छ ।

आँखाहरु अदृष्टिका खातिर …..
ऐन्दृक एरिनाभित्र मुक्कावाज कहलिएको क्षण ।

अस्थिर अदृष्टि भित्रका आँखाको घम्साघम्सीले
जन्माएको अपक्षीय बलिदान
अर्थात,
बलिदानीको बाहनामा
अदृश्य एक आँखाको दाहसंस्कार हुन्छ

जन्मन्छ
एक अर्को अदृष्टि
म यसलाइ असंस्कार भनिदिन्छु ।
एक प्रख्यात असंस्कार
जहाँ
अवशेष खरानीका धुल
सालनालनै नकाटिएको
दुधे नव-अदृष्टिको आसपास
यता-उता
उता-यता
गरि
/
रहन्छ ।

कुशका मुर्कुट्टाप्रति समर्पित
सलामीका छिमेकी झिल्काहरु
स्थानान्तरणको बाहनामा फलामे टिलाको
घनिभूत ब्यापार-ब्यायाम गर्दै-रहन्छन |
ठिक त्यस बखत

चि
च्या

छु……
अदृष्टिको भ्रुण चित्ताबाट सुरु हुन्छ ।
बलिदानीको ब्यापार सालनाल सँगै अन्त्य हुन्छ ।
प्रतिफलमा
पुनर्जिवित हुन्छ
———अपूर्व अदृष्टि ।
म यसलाइ त झन अमर भन्छु ।

नेपथ्यमा एक्लो अ-प्रकाश
रुखा पात-पतिङ्गरमा अखेटो रोप्दैहोला ।
यही
असमयको साइत पारि
अमरत्वको असंस्कार ब्युँझाउन
आँफै उखल्छु आफ्नै परेला ।
आफ्नै परेला आँफै उखल्छु ।
आँफै आफ्नै ।
आफ्नै आँफै ।

Jan 15, 2011

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.