~दयामोहन आचार्य~
आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो” पोष्टपेड लिएर ठूलो
सस्तो कपडा के आखा लाउँथ्यो “त्यस्को खालो” महंगो भिरेर ठूलो
लोकल पनि त आखिर रक्सी नै त होनी
“त्यस्को झोल” रेड लेभल पियर ठूलो
बास्तविक माग्नेलाई लात्ताले हिर्काउँछ
“त्यस्का खुट्टा भाच्चिनु” भट्टिमा हजारौको टिप्स दिएर ठूलो
घरमा बिचरा स्वास्नी सकिनसकी काममा ब्यस्त
“त्यस्को खप्पर” मुर्ख कारमा भट्टि भट्टी फिरेर ठूलो
आखिर प्रिपेड पनि फोनै त हो नि “त्यसको टिलो”
पोष्टपेड लिएर ठूलो
पोष्टपेड लिएर ठूलो …………………..
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )