~जीवन दहाल~
एउटा अनुचरले मलाई चित्रगुप्तका अघि उभ्यायो यमलोकको दरवारमा र चित्रगुप्तलाइ जम्लाहात गरेर भन्यो-“यसलाइ पनि लिएर आएँ भगवन ।”
“अकस्मात मलाइ यमलोकमा देखेर चित्रगुप्तले बिष्फारित नेत्रले मलाइ हेरे अनि अनुचरतिर फर्किएर सोधे-“यो मनुवालाई यति चाँडै किन ल्याएको ? यसलाइ ल्याउँने बेलै भएको थिएन त ।”
“अवधी नपुगी ल्याएको हैन त भगवन , यस मनुवाले जानी-जानी काल निम्त्याएर आफैले आफुलाइ यमलोकमा ल्याउँन बाध्य बनाएर ल्याइएको चैं पो हो त “-अनुचरले करजोडी जोडि उत्तर फर्कायो ।
अनुचरका कुरा सुनेर चित्रगुप्तले “ए” मात्र गरे र अर्कातिर फर्किएर पृथ्वीमा सरणार्थीहरुका निमित्त निर्माण गरिने शिबिरकै सादृश्य देखिने ठुला-ठुला टहराहरु बनाइ रहेका मजदूरहरुलाइ अह्राए-“ए ! चाँडो गर चाँडो एउटा त आइ नै सक्यो।”
यमलोकको नयाँ निर्माणले मलाइ आश्चर्य चकित न बनाइ छोडेन अनि मैले मेरो कुतूहल मेटाउँने अभिप्रायले चित्रगुप्तलाइ नै प्रश्न राखें-“यति ठुला निर्माण चैं के प्रयोजनका निमित्त भगवन ?”
“बंशज दाजुभाइको अंश काटेर अंगिकृतलाइ मालिक बनाउँन सकिदैन
जोरि खोजिरहे ठुन्क्याउँनु पर्छ,भन्ने जस्ता राष्ट्राबादी चेतना पलाएर श्रीलंकामा तमिल मारिएझैं २० लाखजती मानिस तेरो देशमा पनि मारिने सम्भावना भएकाले तिनै मृतात्माको ब्यबस्थापन गर्न नि”- चित्रगुप्तले रुखो जवाफ दिए ।
“अर्काले फ्याकेको फोहर खाएर बाँच्न बानी परेका सुँगुरहरुमा पनि मालिक हुने चेतना पलाउँछ र ! भगवन”-अनुचरले चित्रगुप्तका भनाइमा अबिश्वास देखाउँदै भन्यो ।
ओहो ! सपनामात्रै पनि कति डरलाग्दो ।
गौरादह न.पा. -१२, झापा ।
(स्रोत : फेसबुकको ‘कथा-चौतारी’ समूहबाट )