~बिनोद गुरागाँई~
एक थप्पड हानिन् उनले । गला रातो भएर आयो , ऑखाका डिलसम्म मोतीका दानाहरु भेल भएर आए, तर विशाल पाहाडलाई नाघेर दर्किन सकिरहेका थिएनन् । तेरो खुट्टा भाँचिदिन्छु । तेरो हात भाचिदिन्छु । एक थप्पड हानिन् उनले त्यो अबोध बालकको गालामा । पुर्लुक्क मतिर हेर्यो अनि केहि भन्न खोज्दै, टोलाएका ऑखा मोडेर लाग्यो त्यो बालक उनको पछिपछि । केही पर पुगेपछि पछाडि हेर्र्यो र आफ्ना अवोध ऑखा झिम्कायो त्यसले । मानै ऊ नै संसारको सबैभन्दा तगडा घमण्डी अनि निडर बच्चा । प्रत्येक दिनको चारबजे टेकुको शिक्षण पेसाको काम सकेर पैदल लाग्छु सानेपा बासस्थानतर् । टेकु – कालोपुल ह‘ुदै सानेपा चोकतर्फ तर किन किन कालोपुल टेकुको कटेपछी कोठा हैन पार्कतर्फ लाग्छु । हरेक दिन जाने गर्छु अब हरेक साझ नगईकन मन मान्दैन । पुल काटेपछी उँभोतिर खोलै–खोला लाग्छु थापाथली पुल तर्फ । जहाँ हरेक दिन यो वाक्य सुन्ने गर्छु म , अब देखी। तर कहिले सम्म। पुराना कपडा तर पनि सफा छ , कतै कतै फाटन थालेको जस्तो भान हुन्छ । एक नासले माटो , ढुङ्ग र पार्कमा रहेका बोट बिरुवा सगाँ एक नासले खेलीरहन्छ त्यो बच्चा ।
म टोलाएर एक नासले हेरिरहन्छु , कल्पनाको सागरमा डुबुल्की मार्दौ सोच्न थाल्छु मेरो बाल्यकाल पनि यसरी नै खेलेर बित्यो होला । त‘लाई यहाँ न आइज भनेको है न ? म द्मस्कीए‘ । उनी कान निमोठदै गाली गरिरहन्छिन् । यो त दैनिक कार्य जस्तै भएको छ । कहिले कान त कहिले बच्चाको हात समातेर पिट्छिन् । म उनलाई हेरेर अनुमान र्गछु भरखर बीस–बाईसको यौवनको रुपमा फक्रन ऑटेको अवस्थाको जस्तो लाग्छ उनको शारीरिक बनावट । निला ऑखा , कालो घना लामा केश , थोरै उठेका छाती अनि सलक्क परेको जिउडाल तर पनि यौवनको कुनै जादु झल्कि‘दैन उनको रुपमा । निकै ठूलो सङ्घर्ष गरिरहेकी जस्ती देखिने ती युवती मुटुमा पीडा लुकाएर बसेकी जस्तो भान हुन्छ । अनैठो लाग्छ बच्चाको स्वभाव , प्रत्येक दिन यहाँ नआउन भनेको सुन्छु तर पनि आउछ । रूदैन रोएको मैले देखेको छैन जति नै पिटाई खाए पनि ।को हुन त ती नारी अनि त्यो बच्चा । आमा – छोरा हैन –हेन । न सिउदोमा सिन्दुर छ न त गलामा पोते । दिदी – भाई पक्कै हैन , किनकी उमेरको निकै ठूलो भिन्नता छ उनिहरुमा । सोध्न मन थियो भकाभकी तर यो पापी काठमाडौ सहरमा कसैलाई राम्रो सोचेर बोल्न पनि हुन्न कतै आफैलाई पो गाल पर्ने हो की ?
किन सधै यही समय पर्छ । उनको त्यो बच्चालाई गाली, पिटने र मेरो फर्कने फेरि म सिधा कोठा नगयर किन लाग्छु पार्कतर्फ आखिर के सम्बन्ध छ त्यो बच्चा अनि उनीसँग । किन मन बेचैन हुन्छ । एक दिन ति दुईलाई नदेख्ता । महिनै बित्यो यसरी मनमा कुरा खेल्न थालेको । को हुन् तिनी ? के गर्छिन् होली ? किन सधै त्यो बच्चालाई पिट्छिन् ? आखिर को हो त्यो बच्चा ? प्रश्नका पाहाडहरु दिमाकमा थुप्रिन थाले । आजचाहिँ सोध्नै पर्छ मैले । आखिर हामी नेपाली नै हो । नेपाल आमाका सन्तानहरु , लामो सोच पछाडी आधाघन्टा अगाबै निस्कीए स्कुलबाट अनी लागे पार्कतर्फ । त्यो अबोध बालक एक्लै खेलिराख्या छ कसैको मतलब छैन उसलाई । बाबु तिम्रो नाम के हो ? बाबु , म तिम्रो अङ्कल । के ही बोल्दैन । चुपचाप ढुङ्गाको घर बनाईराख्छ । कसैको मतलब छैन उसलाई , एकनासले आफ्नो काम गरिरहन्छ ।
बाबु टाउको उठायो अनि नजर लगायो मतिर , फेरि सुरु ग–र्यो आफ्नै काममा माटो , ढुङ्गासग खेल्न । यो खान्छौ ? क्याटवरी बुझेन क्यारे , एकोहोरो हेरिरह्यो ? खाउ बाबु तिम्रो लागि ल्याइदिएको चकलेट हो । ऊ सरासर म तिर बढ्यो र चकलेट पकडेर मीठो मानीमानी खान थाल्यो । तपाई को हो ? “म तिम्रो अङ्कल । अङ्कल हो म तिम्रो ।” मैले सुस्तरी ताने अनि आफ्नो काखमा राखे । सुस्तरी सोध्न थाले , तिमीलाई साझमा लिन आउने को हो ? दिदी मार्नुहुन्छ । अनि दिदीको माया लाग्दैन तिमीलाई ? लाग्छ । मौन उत्तर टाउको हल्लाएर दियो । अपार माया छ यी दिदी भाईबीचमा, महिनॉै सम्म सुक्ष्म अध्ययन गरिरहेको छु म ।
आखिर किन मेरो मनमा पनि यो अवोध बच्चा प्रति यति धेरौ लगाम बसेको होला । आखिर के नाता गासियो हामी बीचमा । उनको आगमनसगै एकछिन सन्नाटा छायो । तिमीलाई यहाँ नआउनु भनेको हैन । किन आयको ? के काम छ ? आवारा केटाहरुसग खेलेर तिमीलाई पनि आवारा बन्नु छ ? तेरो खुट्टा भाँचिदिन्छु । तेरो हात भाचिदिन्छु । उनी सरासर अगाडी बढिन र मेरो काखबाट त्यो बच्चालाई टिपिन । एक थप्पड हानिन उनले त्यो अबोध बालको गालामा । पुर्लुक्क म तिर हे–र्यो अनि केहि भन्न खोज्दै, टोलाएका ऑखा मोडेर लाग्यो त्यो बालक उनको पछिपछि । केही पर पुगेपछि पछाडि हे–र्यो र आफ्ना अबोध ऑखा झिम्कायो त्यसले । म हेरीरह‘े एकनासले क्षितिज पारिसम्म जबसम्म उनीहरु मेरो आँखाबाट बिलिन भएनन् ।
आज पनि स्कुलको काम सकेर एक–आधा धन्टा अगाबै निस्किए‘ र लागे पार्कतर्फ । त्यो बच्चा एकसुरले खेलीरहेको थियो । हेलो ? म तिर हे–र्यो त्यो बालकले , लाग्यो केही खोजिरहेको छ । माया अनि अनुभूति , स्नेह अनि प्यार , अटुट मायाको खोजीमा बसेजस्तो लाग्यो । अझै पनि उसको ऑखाँले केही खोजिरहेको जस्तो लाग्यो । मैले पकेटबाट दुईवटा चकलेट निकालेर उसको हातमा थमाईदिए । ऊ नजिक आएर टासिदै बस्यो र मिठो मानीमानी स्वाद लिदै चक्लेट खान थाल्यो । तिम्रो नाम के हो ? विमल । सटीक उत्तर दियो अनि एकनासले लाग्यो पुनः चकलेटको स्वाद लिनलाई । कसैको मतलव नराखीकन खाइरह्यो । कता बस्छौ नि ? ऊ त्यै घरमा । बाटोको छेउमा रहेको पुरानो घरलाई देखाउदै बोल्यो । माटाले बनेको घर पुननिर्माण लाई खोजीरहेको जस्तो लाग्थ्यो । तिम्रो आफ्नै घर हो । हैन । अनि कसको ? मुमाको । ए हो र । अनि को को बस्छाै त त्यो घरमा ? मेरो प्रश्न खस्न नपाउदै उत्तर दियो उसले मुमा , दिदी र म । केहीछिन मौनता छायो । थुप्रै प्रश्नहरु भकाभकी मनमा आउन थाले तर ओठ खोलेर आवाजमा परिणत हुन सकिराखेको थिएन ।
सायद म सोच्न बाध्य भए आखिर के सम्बन्ध छ यो बालकसग । एक्कासि उ करायो । ला दिदी आउनुभयो । उनि सरासरी आइन् र भन्न थालिन् । तिमीलाई यहाँ नआउनु भनेको हैन । फेरी आयौ भने हात भाचिदिन्छु । खुट्टा भाचिदिन्छु तिम्रो । साहास बटुलेर सोध बैनी किन गाली गर्नुहुन्छ यो बच्चालाई । के यो बच्चा स्कुल जादैन ? आखिर यो बालकले के गल्ती गरेको छ र ? तपाइ‘लाई किन चाहियो । पढेन भने यसको जिन्दगी कसरी राम्रो हुन्छ ? यसको त्यति नै माया लाग्छ भने तपाई आफै लानुस् । उनी रिसाएरै भएपनि बोल्न थालेकी थिइन । त्यसैले साहास बटुलेर उनलाई सोधे , बैनी केही छिन यही बस्न सक्छ्यौ ? किन के चाहियो ? म यसको अगाडि आफ्नो काम र जिन्दगी खोल्न सक्दीन । मैले उनको शब्द बुझिसकेको थिए । उनी पैसाको लागी आफ्नो शरीर बेच्ने काम गर्छिन अर्था्त उनी यौन व्यवसायी र उनको लागि म मात्र एक पुरुष हु, जो आफ्नो यौवनको आगो निभाउन आएको हो । तर म त्यस्तो हैन कसरी बुझाउन सक्छु उनलाई , म को हु भनेर । सुस्तरी बोले म । हेर अरु केही नभय पनि हामी बिचमा रगत को सम्बन्ध त छ । के म तिम्रो दुःखमा साथ दिन सक्छु ? के गर्नुहुन्छ , मेरो दुःखको कथा सुनेर । तै पनि सुन्न चाहानुहुन्छ भने सुन्नुस् ? त्यो बालक अर्थात् विमल केही पर खेल्दै थियो माटा र ढुङ्गा सग , हामी छेवैको रुखको फेदमा बसेर गफ गर्न थाल्यौ ।
मेरो नाम दिप शिखा हो , घर पाल्पा तर पनि बेघर छु, एक्लै छु , खाली छु पुर्णरुपमा खाली छु । किन र साहुको कव्जामा छ ? म १६ वर्षकी हुदा मेरो बुबा बित्नुभयो , बुबालाई हेपाटाइसिस भएको रैछ , त्यही रोगले मलाई टुहुरो बनायाे । बुबाको मृत्युपछि हाम्रो सबै सम्पती साहुले आफ्नो बनायाे । अनि अझै बाबाले लिएको पैसा तिर्न बाकी छ भन्दै मलाई उसको घरमा काम गर्न बाध्य बनायो , म बिहानदेखि आधा रातसम्म एक छाकको भरमा काम गर्थे । तर एकरात नसाको सुरमा त्यही साहुले मेरो शरिर लुट्यो , म बलात्कृत भए समाजको लागि छिछि र दुरदुरको पात्र भए। म रोए, कराए, तर कसैले मेरो कुरा सुनेनन् उल्टै मलाई बेश्याको आरोप लायर गाँउ निकाल गरिदिए , त्यही पिडाले आमा पनि पागल जस्तै हुनुभयो । त्यो ठाँउ छोडेर म न्यायको खोजीमा यो सहर पसे तर यो सहर त अझ काहाली लाग्दो रैछ । त्यो गाँउमा त म बन्द कोठामा बलात्कृत भएको थिए‘ तर याहाँ त म सधैभरि जताततै बलत्कृत हुन पुगे ।
आमाको उपचार गर्न को लागि सबै काम गरे , ढुङ्गा कुटने , बालुवा चाल्ने , फोहोरको थुप्रोबाट कागज र प्लाष्टिक टिप्ने जस्ता काम गर्न थाले तर एक दिन उनको बोली रोकियो । किन के भयो ? आमाको दबाइ गर्ने डाक्टरले उनिसँग रात बिताउन अनुरोध गरे, आमाको जिन्दगी सम्झेर मैले त्यसलाई स्विकारे तर त्यसले पनि मेरो योवनसँग खेल्यो । अनि मैले पैसाको लागी मेरो जिन्दगी बेच्न थाले जसरी जसरी चाहन्छन त्यसरी बेचिदिन्छु मेरो शरिर मात्र पैसाको लागि । आखिर खानु त प–र्यो नि साहेब । के गर्ने यो गरिबलाई भगवाननले पनि नहेरेपछि । आमालाई कहिल्यै पनि निको नहुने गरी मानसिक रोग लागि सकेको रैछ । अनि यो बच्चा बिमल चाहि ? ए तपाइ ले यसको नाम पनि थाहा पाउनुभयो । बिचरा यसको पनि यो संसारमा कोहि पनि छैन । दुई वर्ष अगाडी यसलाई यहि ठाउँमा भेटाएकी हु, बिचरा पानीमा रुज्दै रोइरहेको थियो । उठाएर लगे , उपचार गरे अहिले त हेर्नुस् न कति राम्रो भएको छ । औधि माया लाग्छ यसको आफ्नोभन्दा पनि धेरै, तर भोलि मलाई केही भयो भने डरलाग्छ यसको जिन्दगी के होला भनेर ।
फेरी कुरा उनि तिरौ मोडियो । आज त यो समाजले, सहरले मलाई वेश्याको उपनाम दिन्छ , अनि आफ्ना सन्तान म जस्तो नहुन् भनेर मेरो छेउछाउ पर्न पनि दिदैनन् ,तर भन्नुस् त कोही केटी आफ्नो खुसिले वेश्या वन्छे त । फेरि तिनै पुरुष जो आफ्नो प्यास मेट्न हामीलाई प्रयोग गर्छन् उनीहरुले नै हामीलाई यो उपनाम दिन्छन । लामो सास फेरिन् उनले । अब तपाई पनि मलाई वेश्या भन्नुहुन्छ होला हैन । होइन । सुस्तरि बोले म अनि उनि रोकिइन् ।
म तिमीलाई यो संसारबाट निकाल्न चाहान्छु ? कसरी ? पहीले तिमीले मलाई बाचा गर्नु पर्छ कि त्यस पछाडी यो संसारमा पुनः फर्कनेछेनाै भनेर । को रहरले यो गनाउने सन्सारमा आएको हुन्छ र तर कसरी मलाई यो संसारबाट निकाल्नु हुन्छ । मैले हतारमा बोले म तिमीस‘ग बिबाह गर्न चाहान्छु यो संसारभन्दा बाहिरको संसारमा तिमीलाई खुसीको जिन्दगी दिएर राख्ने प्रयास गर्छु । उनि मौन रहिन । म पुनः बोल्न थाले । लाग्छ कि अब मेरो बोल्ने पालो हो जुन दिन देखि तिमीलाई याहाँ देख्न थाले त्यहि दिन देखि तिमीलाई माया गर्न थाले छु । तिम्रो रुप र शरीरलाई हैन तिम्रो सफा मनलाई माया गरेको हु । उनि उठिन र चुपचाप त्यो बच्चालाई लिएर अगाडी वढिन । म हेरिरहे , उनि बिलिन नहुन्जेल । त्यस दिनदेखि हाम्रो प्रत्येक साझ त्यही भेटघाट हुन थाल्यो । क्रमिक रुपले महिना बित्दै गयाे । म आफ्नो कमाइको केही अंश मात्र आफुसग राखेर बाकी उनलाई दिने गर्थे । तर संयोग वस भन्नुपर्छ मेरो आमा बिरामी भएर राजधानी छोडेर केहीसमय बाहिर जानुप–र्यो , मनभरि एक अर्काको माया बोकेर हामीले पार्कमा पुरा दिन अालिङ्गनमा बाधिएर दिन कटायॉै ।
१५ दिनको बसाइपछि जब पुनः उनलाई भेटने आसामा पार्क पुगे तर , उजाड लागिरहेको थियो हाम्रो भेटघाटस्थल , कतिखेर उनलाई भेटेर आलिङ्गनमा बाधाै र घन्टाै सम्म उनलाई चुमाै यही सोच्दा सोच्दै पुरा दिन कट्यो । दिन, हप्ता, महिना, समय वित्दै गयो । एक दिन स्कूलमा मेरो नाममा पत्र आयो । पत्र उनको थियो । सुस्तरि पत्र पढ्न थाले । मलाई माफ गर्नुस किनकि तपाई को पवित्र मायालाई लत्याएर म टाडा जादैछु । तपाई गएको केही दिनमा आमाको मृत्यु भयो । त्यसपछी म पुनः एक्लो भए‘ तपाइ‘लाई सम्झिएर पार्कमा एक्लै हराउन थाले‘ । दिमागमा अनेक कुरा खेल्न थाल्यो कतै मेरो कारणले तपाईको जिन्दगी पनि नर्क बन्ला भनेर ।त्यहि सोचेर म भाइलाई लिएर सधैको लागी तपाइ को जिन्दगीबाट टाढा जादै छु । मलाई माफ गर्नुहोला । जहाँ रहे पनि तपाइको सुखद् जिन्दगीको कामना गर्दछु । अभागि दिपशिखा……
आखाँका ऑसुको दानाले पत्रको छेउमा चुम्न पुग्यो । त्यही ऑशुका दानामा उनको मुहार देखे अनि बोले । तिम्रो जिन्दगी सुख मय बितोस् । अगाडी बाटामा आउने काडाहरुलाई पन्छाउदै आऊ । तिमीलाई यति शक्ति मिलोस कि , यो समाजका ब्वाहरु संग लड्न सक्ने शक्ति मिलोस् ……..।
(स्रोत : Samajkoawaj)