~मधु माधुर्य~
अण्डा कि फूल ?
मात्र ढाँटको गेडो –
अप्रिल फुल !
गणतन्त्र? खै –
गाँस-बास-कपास ?
अप्रिल फुल !
“राजनेता” रे
“घर-बंगला… “-स्वप्न
अप्रिल फुल !
“सिद्धान्त”(?) – भूल !
पद,कुर्सि…कै खेती
अप्रिल फुल !
गिर्दोछ मान्छे
पैसो भयो गन्तव्य
अप्रिल फुल !
april 01 2013
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )