गजल : कस्ता कस्ता छन् !

~राकेश कार्की~Rakesh Karki

मन्दिर भित्र-बाहिर प्रभु नाम जप्नेहरु छन्
आईलागेको दुस्ख आँशु झारी खप्नेहरु छन् ।

कोही मुसा बनी पसेर सिँह बनी गर्जेर
आफूलाई ताते गराउनेलाई नै रोप्नेहरु छन् ।

फँसाएर तर्सनेलाई कठघरामा उभ्याएर
आफ्ना सबै काला करतुत छोप्नेहरु छन् ।

पवित्र नदीनालामा ढल खनाइदिएर
डिष्ट्रिल वाटरमा आफूलाई चोप्नेहरू छन् ।

के आफ्नो भन्नु, आन्द्रा डढाउने रक्सी
भो’ भो’ भन्दाभन्दै पनि थप्नेहरु छन् ।
लस् एन्जेलस, यूयसए
2008

(स्रोत : Nepal.hk)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.