~राजु छेत्री ‘अपुरो’~
हरेक आइतबारको बिदामा झैँ आज पनि नास्ता बोकेर आइ ऊ ।
तर आज उसको एकदम निन्याउरो अनुहार देखेर मैले सोधेँ – तबियत त ठिक छ ?
म त ठिकै छु तर मम्मी….!
अचानक रोकिन पुगि ऊ ।
मम्मीलाइ के भयो र ? मैले आत्तिदै सोधेँ ।
अस्पताल मा भर्ना हुनु भएको छ रे ! अप्रेसन गर्दा ठुलो खर्च आउने भयो ।
ल ल कुनै न कुनै उपाय निकालौँला नि । मैले सान्त्वना दिएँ ।
कोठामा आएँ अनि ओछ्यानमा पल्टेर सोच्न थालेँ ।
“बिदेशमा आइसकेर माया प्रेम गर्ने केटि होस त धनेको जस्तो “भनेर साथीभाइहरूले प्रशंसा गरेको सम्झ्न पुगेँ । हुन पनि हो । अरुका झैँ एक सुको खर्च हुन दिन्न । ऋण तिरिहालिस ,अब ब्याङ्कमा जम्मा गर्नु पर्छ , पछि हाम्रो बिवाह भएपछी चाहिएन भन्दै बचत गराउन लगाएकी छ । प्रत्येक बिदामा नास्ता बोकेर आउँछे । मेरा लुगा फाटा लगेर धोइदिन्छ े । निस्वार्थ आफ्नो शरीर सुम्पेकि छ मलाई । यत्तिको जीवनसाथी आफ्नो मुलुकमा पनि खोजेर भेटिदैन । यस्तो अवस्थामा उसलाइ पर्दा सहयोग न गरे कहिले गर्ने । सोच्दा सोच्दै निदाउन पुगेछु ।
आजको ड्युटीमा ऊ दिनभर उदास देखिइ । मेरो मन कट्क्क खायो र नजिक गएर भनेँ – चिन्ता न लिनु ,भोलि बिदा लिएर ब्याङ्क बाट पैसा निकालेर पठाउँला । ऊ अलि खुसी देखिइ ।
पैसा पठाएको एक हप्ता पछि फोन गर्दा गर्दै क्वाँ क्वाँ गर्दै रून थाली । मैले यथार्थ जान्न चाहेँ े । उसले आफ्नो मम्मीको निधन भएको र आफू कुनै पनि हालतमा मुलुक जानू पर्ने भो भन्दै रून थाली ।
म धर्म सङ्क्टमा परेँ । तैपनी ऊ मेरो हुनेवाला जीवनसाथी थिइ । सरसापट गरेर उसलाइ एक महिनाको बिदामा पठाएँ ।
ऊ महिना दिन नाघी सक्दा पनि आइन । कोठामा बसेर टोलाउदै थिएँ , एउटा नयाँ आएको बङ्गालीले आफ्नो फोनमा पैसा सकियो एक कल गर्छु भनेर मेरो मोबाईल फोन माग्यो । मैले फोन हस्तान्तरण गरेँ । फोनको स्क्रीनमा उसको फोटो देखेर उसले टुटि फुटि हिन्दीमा सोध्यो – अरे बन्धु, ये लड्कीका फोटो यहाँ कैसे आया ?
तुम जानता है इसको ?- उसकै लबजमा मैले उल्टै सोधँे ।
“ये तो हम तीन साल पहिला दुसरा जगहका एक साथ काज करनेकाे कम्पनीका लड्की है । माँ मर गया बोलके हमसे बहुत पैसा लेके गया फीर वापस नहि आया “….!
लाहाचोक २ कास्की
हाल मलेसिया