~अनिल थापा~
आयौ तिमी र पो धड्क्यो सास छातिभित्र
जाग्दै गयो नयाँ नौलो आस छातिभित्र
जाग्दै छ चाह आँधी बढ्दै छ आँट खोला
उत्साहको बढ्यो न्यानो रास छातिभित्र
नौलो छ रीत नौलो, हो प्रीत यो छ नौलो
चल्दा मिठो मिठो हावा खास छातिभित्र
आफ्नो थियो न कोही, आफू न थेँ कसैको
दिन्छौ भनेर मागें हो बास छातिभित्र
आयौ तिमी र पो धड्क्यो सास छातिभित्र
जाग्दै गयो नयाँ नौलो आस छातिभित्र
(बहर – मुजारे । सूत्र SSI SIS SSS ISI SS )
(स्रोत : रचनाकारको ब्लगबाट सभार)