~~ज्योति जंगल~
कहिल्यै प्रेम भएन इश्वर र मेरो,
भक्तिको नाममा न मैले इश्वरको प्रगीत बोलें
सपनाको थप एउटा चगां उडाएं,
मनकै भयको कसिंगर डडाएं,
भजनको लयमा मनोरञ्जन मिसाएर मेरै खुशी गाएं ।
र मन्दिरमा सम्पूर्णतः मैले इश्वरलाई विर्सिएं ।
आफंले मागेको आशिषलाई कहिल्यै पत्याइनं
इच्छाको क्षितिजमा तरेली उठ्दै खस्तै गरे
ध्यानमा कतै इश्वर थिएन ।
बांकी त हज्जारौं देवदुतहरु
कति जिउंदा देवताहरु
सयौं स्वादका प्रासादहरु
सयौं वान्कीका र्मूितहरु
अहं पटक्कै मैले इश्वरलाई कही कसैको दुख नजीक पुगेकै देखिन ।
कसैले रच्यो यो अदृष्य जादूजो
झुक्याइरहेछ सजिलै एक्काइसौ शदीका मान्छेलाई
कि बांकी छ केही रहस्यर
खोजिरहेछ उसैलाई ?
कदाचित भेट भए भनिदिन्थें
धेरैधेरै पीडाका साउतीहरुपापका प्रायश्चितहरुप्रेम प्रनायाहरुदुखाका सुसेलीहरुनसुनिदिएकोमा धन्यबाद ।
नत्र न्याय दिनेथिएं..मन्दिरमा हिरासतबन्द इश्वरलाई
भागेर कहा पुिगसक्थ्यो उहिल्यैधर्मले नबाधेको भए ऊ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)