~युवराज नयांघरे~
मनबाट बाहिर निस्के हिमालहरू ।
कहांबाट थालूं हिमाललाई हेर्न । कुन बिन्दु हो हिमाल बुझने । कसरी बुझूं हिमालको सम्पूर्णता । यसरी भटाभट निस्किरहेछन् रहरका हिमचुली । हिमाल, मेरा प्यारा हिमाल । हिमाल, मेरो प्रिय हिमाल ।।
गोरखाको उत्तरी थुम्कामा गजधुम्मिएको पुरानो राजमहल । हामी पसिनामा पखालिएर टेकियौं यो थुम्कीमा । अघिको खलखली पसिना अब साटियो चिसोमा । आंखाहरूले सबै थोक हेरी-हेरी हानिए उत्तरतिर । र, हृदयको पाइतोसराइ भयो मास्तिरका शैलशृङ्खलातातिर ।
हिउंतर्ीथ रुचाउंछ मन ।
हिउंचुलीमुन्तिरका हरिया लाग्ने निर्दोष पहाडहरू । एक्लो अनुभूतिमा सुलुल्ल बग्ने पहाडी खोलाहरू । सुरिला, सुलुत्त रूखहरू । क्षिितजको तुजुकमा कक्रिएको आकाश । मनको ग्लोबमा घुम्छन् फनफनी- यी भूदृश्यहरू, भूतलहरू ।
सांझ खोर्लिएको बेला ।
मैले मेरा चेतनामा पिङ लेखेको पाइरहेछु सुन्दरताका । मैले मेरा स्पन्दनमा सुसेली हालेको पाइरहेछु उत्फुल्लताका । मैले मेरा धुकधुकीमा तरङ्ग छचल्किएको पाइरहेछु प्रकम्पनका । यी अनुभूतिले बालेका चम्काभित्र भरभराउंदा हिमालका खिचडी छड्किरहेछन्’ छड्किरहेछन् ।
पानीलाई गर्भाधान पानीकै । अनि त हिमकण बिर्बिरिन्छ र लटरम्म भरिन्छ हिमाली फलफूल हिउंचुलीमा । बैग्लै चमक पोतिन्छ, बेग्लै कान्ति पोखिन्छ । रित्तो मन रसाउंछ सौर्न्दर्यको जलप पाएर ।
एउटा बेग्लै विज्ञान छ रङ्गको । एउटा भिन्नै संसार छ आकृतिको । र, मेरो आंखाले सम्यक् संयोजन गरी हेर्ने एउटा फरक अनुभूति छ- हिमालको । त्यही हिमालमा छ रङ्ग पनि, आकृति पनि ।
घुमेका मनले कति बुझे हिमाल । डुलेका चेतनाले कति जाने हिमाल । हेरेका आंखाले कति पढे हिमाल । सोध्ने मन त छ नि ⁄ हो, चमत्कारी र विलक्षणताले यदाकदा नबुझन, नजान्न र नपढ्न सक्छन् । हामीलाई मिल्न सक्ला यो तर्क ।
के प्रत्येक नेपालीका ओठमा झुन्डेको छ हिमालको नाम –
सरसराइरहेछ चिसो हावा । र, घरी-घरी धोएर गइरहेछ मलाई । म सिनित्त धोइन्छु चिसोमा । ल्याफल्याती भिजेको म, फेरि हिमालको प्रकाशले सुक्छु र्र्सलर्क्क । पानीको आलोकले गम्न लगाउंछ मलाई । पानीको उज्यालोले अंध्यारोबाट अलग्याउंछ मलाई । पानीको ऊर्जाले ब्युंताउंछ मलाई ।
मनबाट धमाधम निस्किरहेछन् हिमालहरू ।
जल, जङ्गल र जीवन- मेरो देशको ऐर्श्वर्य । यिनै तीन थोकमा बांधिएको छ- राजनीति, सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि । ढुक्कले भन्छु- यहींनेर छ गतिमय । जातीय, क्षेत्रीय वा सगोलका परखालहरू ठडिन्छन् अनि गर्ल्यामगर्ुर्लुमिन्छन्- यिनै जल, जङ्गल र जीवनको त्रिकोणमा ।
हिमालका कालीभीरमा लिपपोत गर्छ घामले, जूनले र ताराले । आङअठिङरमा मस्किएका बैंसालु खित्का सजाई हांस्छ हिमाल- छोटा परेलीभित्रका विशाल दृष्टिले पढिरहेछु म हिमाली लावण्य ।
हिमालीहरू छन् उत्र्सर्गी अनुहारमा । प्रत्येक बिहान भालेको डाक सुनिंदो हो यहां पनि, प्रत्येक मध्या≈नमा चरीको चिरबिर सुनिंदो हो यहां पनि, प्रत्येक सांझ रैनबसेराको सुस्केरा गुन्जिंदो हो यहां पनि । तर कति अटल यो ⁄⁄⁄ झन्-झन् उमेद लिएर स्थापित हुंदो छ ।
देशका धेरै अञ्चलमा टेकेको छ हिमालले । अञ्चलका धेरै जिल्लामा छोएको छ हिमालले । जिल्लाका धेरै नगरपालिका वा गाविस नाघेको छ हिमालले । मजस्ता अलेख नेपालीका टोलबाट फड्केको छ हिमालले । पूर्वबाट पश्चिमसम्म लमतन्न छ हिमाल । उत्तरबाट दक्षिणसम्म पग्ली-पग्ली बगेको छ हिमाल ।
पानी रिसाउंछ, हिउंचुली बन्छ । कठोरताको अर्थ यो । पानी हांस्छ, नदी बन्छ । तरलताको सङ्केत यो । पानी मर्छ, वाष्प, बन्छ । वायुको अर्थ यो ।
हिमालको रहस्यज्ञान नपढेर परास्त भइरहेछु म, पराजित भइरहेछु म र अज्ञानतामा भासिइरहेछु म ।
आंखामा छन् वेगवान् तरङ्ग । ती उत्तरतिरका सेता पहाडहरूको फन्को मार्छन् र नअघाएको राग अलाप्छन् । म थच्च्याउन कहां सक्छु अन्तस्करणलाई । यसैको आकाङ्क्षामा उनिएर आएको म, अब विरोधको तुक न तर्क । र, हिमालका जन्म-मरणमा सहभागी हुन मुक्त छोडिदिएको छु आंखालाई ।
हिमाल उठाएर,
माझ-माझ धरतीमा
जीवनका थप रङहरू
छोडौं
कलाकारलाई ।
गीत भए मनका । र्समर्पण गरें हिमाललाई । अब गाउन सकौं । सबैका सुरतालले नसुसेल्ने किन यही शब्दलाई ⁄ परबाट अछेता फालेर अर्थ के मुर्तिलाई – नजिक जाऔं र आस्तिक भए अर्चना गरौं, नानिस्तक भए सांस्कृतिक भावले पढौं मुर्तिलाई । त्यस्तै हुन् हिमालहरू ।
हिमालवरपर हरिया पहाड- सेनाजस्ता । रूप, गुण, शील, स्वभावमा मोहिनी लाग्छन् हिउं-थुम्काहरू । रङगीबिङ्गी पर्दामा मौसम खेल्छ यहां ।
प्रकृतिको जादू छ हिमालमा ।
कलिला रूख छन् । छिप्पट हांगाका बूढा रूख छन् । ती दुवैले थेग्ने हिउं फुसफुससाइरहेछ- गोरखामास्तिर हिमालयमा । हात्तीलाई सुंडकै र भुसुनालाई परेलीकै भारी होला नि त । तर हिउंभित्रको रङ र आकार, बर्साई र मौसम पढ्ने मेरा आंखाले कुनै भारीको किञ्चित् अनूभूत गरेनन् । थकित भएनन् हृदय, गलेनन्, चेतना, बिसाएनन्, आंखाका खुट्टा । वस्तुभित्र रहेन निरक्षेप वजन त्यै हो कि –
मनबाट बाहिर निस्के हिमालहरू ।
बोलाउनु छ हिमगिरिहरूलाई । सबभन्दा होचोबाट नाम लिऊं कि अग्लोबाट – तर्ेर्सियो प्रश्न । उत्तर उभियो- अग्लोबाट, किन नि – प्रश्नै छ किनभने हामी चिनिएकै त्यही अग्लाइबाट । तर विरोध बोल्यो मनले प्रत्येक होचोबाटै अग्लोको निर्माण भा हो नि ⁄ अं त्यो त हो नि ⁄ बल्ल सामसुम भो, मन ।
लाङटाङ कि कञ्चनजङ्घा, आमादब्लम कि जुगल, मनासलु कि गौरीशङ्कर- हामीले गोता लाउनुअघि नै डोब बनाइसकेका छन् पर्राईका पैतालाले । हाम्रा त मनसम्म जेनतेन पुग्या छन्, पाइला त कहां पुग्नु ।
भुल्न आंटेको लाग्ला सगरमाथाको नाउं । कहां बिर्सनु त्यो श्रीपेचलाई । तर कहिलेकाहिं बाजेभन्दा नातिको बढी हुंदो रहेछ चर्चाचासो । यसै भन्दिउं आजलाई । तर तेन्जिङ नोर्गेचाहिं लोभमा जाकिएर नर्के भएपछि सगरमाथाको नाम उच्चारण गर्दा ढुङ्गा लाग्दो रहेछ दांतमा ⁄
विवशता थिचेर ऐर्श्वर्यको रागमा प्रमुदित मेरा हिमालहरू ⁄⁄⁄
लगालग खेदो गर्यो- रङले । बिहान पनि देखेको हो र सांझै पनि देखेको, हिउंचुलीलाई । तर चांदीले बनेको पहाड आरक्त वर्णन तरुनी बन्दिंदा- तीनछक्कले सोहोरेकोसोहोर्यै गर्यो मलाई । यो कस्तो लुकामारी ⁄
के पानीभित्र रङपरिवर्तनको रहस्यमय सूत्र हुन्छ –
के हेर्ने- आकार कि रूपसज्जा ⁄ आकारै हेरौं न । किन कुनै हिमाल चुच्चिएका, कुनै नेप्टिएका, कुनै बाटुलिएका, कुनै गान्टिएका, कुनै पसारिएका – किन, हं किन – लघारिरहेछ मलाई आशङ्काले । उचाइ नाप्ने मनको चुलबुले तरङ्गले ।
पानीको तंछाडमछाड
तरङ्गको अनित्य कुस्ताकुस्ती
कतै नारीको गहिरोपन
हिमाल, पिरामिड ⁄
लेख्दै छु हिउंराशि हेरेर । समेट्न सकेको छैन सबै । चुचुरामा वास बसेका हिमकणहरू टलपलिन्छन् आंखामा । उता गहिरा गुफामा लिप्सिएका हिउंथोपा पनपनिन्छन् हृदयमा । के गर्नु, नेपालभरि छरिएका पानीपिरामिडहरूको कि दायां कि बायां हेरियो । हिमालका अस्थिपञ्जर हर्ेछन् मान्छे, सम्पूर्णतामा कसैले हेरेका छैनन् हिमाललाई ।
हिउंचुचुरामा बस्ती छन् मान्छेका । त्यस्तै अरूहरू बस्ती बसाउने पोख्छन् धोको । याक, चौंरी, हिउंचितुवाको दिक्कालदेखि घुमफरि छंदै छ ।
उता तुन्ıा प्रदेशका झारबुटयान वा धुपी-सल्लाका कोणधारी रूखहरूको रजगज पनि त अनादिकालदेखि नै ओर्लिरहेछ सांझबिहानमा ।
टुङ्नाको मधुर धुन वारिपारि बज्रिन्छ- हिमशिलामा ठोकिएर ।
सेताम्मे हिउं । हरियो हरियाली । एकअर्कामा गहिरो मिलाप । बास्ना र बहार- मानका खातिर मान । हिमालमा ठिङ्गिएका रूख, गहिरो खुसीमा रमाएका पाउंछु म । लेकका चौंरीगोठालाको सुसेलीजस्तो- सघन खुसी ।
भ्रष्ट मनले सब थोकको व्यापार गर्छ । हिमाललाई हताश हृदयका बिच्छुकले सराप्ने पनि कस्तूरीको सिकार अ जिटामसीका जरापर्यन्त लुछलाछ गर्नेहरूको बस्ती थपिंदै छ मिहालयवरपर । झन् यार्चागुम्बाका गल्लावालाहरूको ऐंठनमा उकुसमुकुसिंदो छ हिमाली भूमि । तर मायालु मन बेपत्ता, उही लालचीको धुइरो । भीडभाड अनि घचारो सगबगाउंछ अचेल हिउंथुम्कातिर ।
हिउंमा नुहाएको हावाले भिजाएर गयो मलाई ।
न्रि्रुक्क भिजिरहेछु । आंखा भिजेका छन्, मन भिजेको छर लप|mक्क भिजेको छ अनुभूति । उत्तरतिर शृङ्खलाहीन हिउंचुलीमा रङको अङ्गुल थपिंदो छ, बढ्दो छ र रूपान्तरित हुंदो छ । पटके रङफेराइमा हिउंको जीवनले कतै जुठो-सूतक भोगेको छ होइन – प्रश्नका पटुकी बेरिन्छन् फनफनी । रछायांमा एकटक साथ दगुरेजस्तो, घाङबादलमा अविचलित उत्रिरहेको आकाशजस्तो ।
क्रोध मरेर करुण हर्ुकन्छ- हिमाल देख्दा । झोक झरेर ममता फुल्छ- हिमाल हेर्दा । सभ्यता हामीसंग डोरियो । यो हिंडाइमा हिमाली हावापानी आफन्छ भो’ हाम्रो । आयआऊन, धर्मसंस्कार, युद्ध-झगडा, मेल-मित्रता लम्किए हामीसंगै । दुर्ग-किल्ला भयो हिमालय हाम्रा निम्ति । मित्रवत्, असाध्यै मित्रवत् । पूर्वजले लडेका लडाइंमा छाती भए हिउंचुलीहरू । अब स्वाभिमान अक्षरमा कुंदिंदा परिवेश ” किन –
कोमलता छोडौं एकछिन । अंगालौं चट्टान कठोरता । हिमाल-आरोहणको प्रयत्न भो’ धेरै अघिदेखि । सन्तोष, सुख र सुबिस्ता त्यसैमा भयो- हाम्रा पाखुरीले सधैं अग्रता कायमै राखे अर्थात् श्रेष्ठता झुकेन, झन् पथपर््रदर्शन भइर≈यो हाम्रा बरिष्ठ पैतालाबाट ।
“अक्सिजनविना सगरमाथामा चौबीस घण्टा ⁄”
“दौरा-सुरुवालमा एभरेस्टक्लने ⁄⁄”
“दसौं पटक सगरमाथा टेक्ने हिउंचितुवा ⁄⁄⁄”
यसरी पाना भरिए रङ्गीन कलेवरले- साहसीका, आंटीका र जुझारु आरोहीका । तर एक दिन बौद्धको अंध्यारो गल्लीमा हिउंचितुवाले भातपानी नपाएर भोकभोकै हप्तौं पसारिएको देख्ने अखबारको समाचारदाताले के-कस्तो टिप्पणी गर्यो, त्यो जगजाहेरै छ नि ⁄
अब गज्याङगुजुङ कहां भो, उठ्लान् प्रश्नहरू ।
सधैं लागिर≈यो’ लागिर≈यो । यतिका हिमाल चढ्ने विख्यात आरोहीका नाममा कुन छ हिमाल – आदर्श जब मान्छेको कर्म हो, तिलस्मी देउताको नाम होइन । मैले गणेश हिमाल, गौरीशङ्कर वा अन्नपूर्णका ठाउंमा आङरिता, बाबुछिरी वा पासाङ ≈लामुका नाममा पढ्न कहिले पाउने – शताब्दीको छातीमा प्रेमको हावा भरिएर फुकोस् फयिो, सङ्कर्ीण्ाताका कीटाणुले नखाऊन् कुटुकुटु ।
मुहुनी लाउने जीवनशैली हुर्केको छ हिमालमा । हेरूं, चोरूं, लुटूं वा माया बसाऊं- यतिले पनगुे ऋतुदान गरूं ⁄ शेर्पीनी हेर्नेले मलाई भन्यो, यै भन्यो मेरो मनले मलाई पनि । जतिखेर धौलागिरीमुनि छुर्पी चपाइरहेथ्यौं हामी ।
ढुङ्गाका हारमा चुच्चा छन् घरहरू । त्यसै आंगनमा कञ्चन पानी पिएका हिमाली षोडशीका राता गाला इख्याउंछन् हामी नक्कलेलाई । मनबाट बाहिर निस्के हिमालहरू ।
हिउंद, बर्खा- उस्तै हिमाल । झरी, बादल- उस्तै हिमाल । वसन्त, शिशिर- उस्तै हिमाल । आंफैं पनि हिउं नै भइदिऊंजस्तो । कति ऋतु बन्नु, सुशील-शान्त हुन खोज्छ मन । निर्विकार हुन खोज्छ हृदय ।
जलसमाधिको अर्को नाम हिउंराशि ।
रिसाएजस्तो छ- अररिएको हिमाल देख्दा, लाग्छ । खुसाएजस्तो छ- बिरबिराएको हिउं देख्दा, लाग्छ । हरका आंकुरा उम्रन्छन्- हिमालको वसन्त हेर्ने, वर्षा हेर्ने र शिशिर हेर्ने शरद्को हिमाल हेरी मन धुने रहर हो पुरानै । हिउं कहिले फुल्छ, कहिल्यै ओइलाउंछ – अनित्य उही लाग्छ, उस्तै लाग्छ ।
पानीको तपस्या हो
हिमाल ।
र,
प्राणायाममा
ऊ बिरबिर गर्छ
अनि बर्सिन्छन् हिउंका डल्ला ।
आज त सबै चाहन्छन् सिंगारिन । रूपयौवनले धपक्क हुने चाह छ ।
सबैको । आभूषणका लचकमा हरेकको चाल छ चलायमान । गहनाका भारी बोक्ने बोझमा हरेकको पाइला सरेको छ धीरललित । होस्-नहोस् तर नक्कली नै भए पनि सौर्न्दर्य बढाउने लालची चरित्र छ अत्यन्त बढ्दो । तर खोइ, हिमाल सजिएको । के कति चित्ताकर्ष हुंदो हो हिमाल सिंगारिंदा ।
वंशवृद्धिमा बाधा भइरहेछ हिमचुलीको । हिमालको ऋतुदान भो नरोकौं हामी । हिउं-चपरीका डोबमा सुन्न पाइयोस् हिमालको च्यां-च्यां ।
ıव्यका लासहरूले धावा बोल्न छोडेका छैनन् हाम्रा हिमालहरूमा । सधैंको किचाघानले थिलिथिलो पारिरहेछन् यी शान्त पानी-पिरामिडहरूलाई ⁄⁄ चिसा यी जलपहाडहरू झन् चिसा पारिंदै छन् किन-किन /
पतित पैतालाले नटेक मेरा हिमालहरू, पातकी पाइलाले नछोऊ मेरा मैलो मनले नहेर- मैलेला हिमाल ⁄
(स्रोत : Nepalikalasahitya)