तिमी कहाँ जाने होला,म कहाँ जाने हो
दोवाटोमा भेट भयो,माया केलाई लाउने हो ।
भन्दछैं भने लाउ माया,भेट हाम्रो हुने छैन
दुई क्षितिजमा बसी, अब म’त रुने छैंन ।।
तरङ्ग नै हाम्रो मुटु, आवाज नै मिलन मानौं
जीवन हाम्रो एक भए दिल भिन्ना भिन्न भनौै
एकै साथ स्वास लियौं एकै साथ मरैं बरु
अरुकोसाथ तिमी बाच, एक्ल्यौ बाँच्छु बरु ।।
मेरो जीवन तिमीलाई, तिम्रोे माया मलाई देउ
विवाह नै ठूलो होइन माया मलाई गरि देउ ।
पिरती त मर्दैन नुमु साथ अर्को भए पनि
भेट हाम्रो हुन्छ नुमु तिमी अरुकै साथ गए पनि ।।
मन्दिरमा पुजा गर्छु,तिमी पनि आउनु
परैबाट माया गर्नु, पदैन धाएर आउनु
बुढेशकालमा भेटनु नुमु,ताजा आभास होला
मनको मैलै आफै आशुले सधै सधै धौला ।।
गजेन्द्र शर्मा,भोजपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )