~तिलक कार्की~
पर पुरूष संग वर बस्ने,
भोको पेटमा पोटुका कस्ने
छालै छोप्ने गरि पोतो घस्ने
चुप लागेर कहिल्यै नबस्ने
एक दिन भोको बस्न एक महिना खाने
एकै दिनमा बहु घर चाहार्न जाने
दर खान जादा श्रीमान साथमै लाने
कस्तो चलन आएछ तेरीमा लाने
सक्नेले किनेर लगाउलान
चिनेकाले मागेर लगाउलान
दुवै नहुनेले जलप लगाउलान
मुखमा माड नलाग्नेले के लगाउलान
गहना बिर्सी कम बस्त्रको मात्र किन नक्कल गरेको
सुनको भाउ आकासिएको देखेर म त छक्क परेको
उनको सुत्रिय माग देखेर म त मुर्छा परेको
पत्तै भएन भित्र बाट बाहिर ठाउँ सरेको
मुर्छा पर्दा स्वर्गलोकमा ब्रह्मा संग भेट भयो
नारी वृतान्त सुनेर उनको दिमागनै चेट भयो
रातो सारी हातमा बाला छड्के तिलहरी
जन्तरको चलन आयो धान्ने कसरि
हात मुख जोड्ने चिन्ता जोहो छैन नुनको
कमाई धमाई शुन्यराम माग बढ्यो सुनको
कपालमा सुन हो कि सुनमा कपाल छुट्ट्याउ नै गाह्रो
ढर्रा,स्वाँग,आडम्बरले चढ्छ दिमागको पारो
जमानीमा पेटमा मुसा अहिले सुनको भारी
बैश छोप्ने लुंगी बिर्शी लतारिने सारी
घुर्क्याएरै मोज लुट्ने रैछ यिनको जात
ढिडो गुन्द्रुक हसुर्नेले खान छाडे भात
भात खाए भुडी लाग्छ स्लिम बन्नु पर्ने
डाइटिंग, हाइकिंग साइकलमा एक्सरसाइज गर्ने
खान पाउने स्लिम अनि नपाउने चाहि चिलिम
तातो छारो नबुझेनी हेर्छन इंलिश फिलिम ।।
तिलक कार्की /लस एन्जेलस
(स्रोत : 12mase)