~ज्योतिराज अधिकारी~
जसै गरी पनि शान्त नहुने मानव मन
जता गए पनि बिक्षीप्त के को जिजिबिसा झन
अन्तमा के छ यहाँ मन को शान्ती जहाँ
प्रप्ती लाई नियलेर नबुझ्ने दिमगी असोस्थता यहाँ !
एक दुई र तीन पाइला बढ्दा खुशी को लहर
चौथोमा पटक पटक गुनसा को पहाड र दर्कार
कुन ठाउमा हो त्यो लक्ष को आशाको पर्खाल
लौ कसरी बुझौ म के हो खुशी र जिबन को आधार !!
कहाँ छ खुशी? उत्तरी वा दक्षिणी गोलार्धमा र पातालमा
होइन आकाशमा वा ब्रम्हन्डको वरीपरी समतलमा
हल्लामा, ध्यानमा, कर्तब्यमा, प्रप्तिमा वा निन्द्रामा
खोज हेर गर सोध तर गर्हो छ पाउन यो स्वक्षन्दमा !!!
पारीभासा अलग छ सम्पूर्ण जीवनको पृथ्वीमा सबको
कोही जीवनलाई मुद्रामा तउलने र हिसाब लगाउने लयको
कोही केबल सोचेर मात्र प्रगतीको सास रट्ने र रटाउने
जीवनको यो केही थोरै बर्षहरु जोडेर गुनेर भाग गरी घटाऊने !!!
एऊटा कण मात्र हो यो सम्पूर्ण जीवन, ब्रम्हन्डबाट
अनन्तमा केबल निर्न्तरता मात्र हो अस्तित्व
फर्केर हेर्ने हो भने, रोकेर बुझ्ने हो भने समय लाग्छ
सुन्यमा बिलाउने एऊटा पलुवा बढ्छ र बाटो साट्छ !
एऊटा कण मात्र हो यो सम्पूर्ण जीवन, ब्रम्हन्डबाट
अनन्तमा केबल निर्न्तरता मात्र हो अस्तित्व
फर्केर हेर्ने हो भने, रोकेर बुझ्ने हो भने समय लाग्छ
सुन्यमा बिलाउने एऊटा पलुवा बढ्छ र बाटो साट्छ
बुझ्न प्रयत्न गर्ने हजारौ लाखौं उत्तर केही आएन
नयाँ सोच नौलो जागरले केही पहिलाएन यहाँ कसै
सुरु हुन्छ सुन्य बाट अन्त पनि सुन्यमा नै रहेछ
आखिर कस्तो यो जीवन अनौठो प्रयत्नको सन्जाल रहेछ !
अनी के का लागि लगिपरेको हो त आखिर
छोटो यो समय मा के नै पो धेरै गुटमुटाऊन सकिन्छ र
छोडेर जादा के चाँही रोक्न छेक्न बोक्न सकिन्छ र
सबै रहन्छ यही के हुन्छ तानेर आफुसँग लान सकिने र !
सोचो एक पटक मात्र, के का लागि यसरी दौडेका हौ
हेरौ एकै छीन किन यो सम्पूर्ण युद्ध र मानिने क्रिन्ती हरु
छोडौ बैमनस्यता र दुराचार, भरौ मनमा शन्ती र सदाचर
अनी हेरौ कस्तो देखिन्छ, यो संसार को आकार !
(स्रोत : Weallnepali)