~लिलाराज कार्की~
सुकेको रुखमा बसी काग करायो
नराम्रो केहि होला भनि मनै डरायो
टाढा टाढा धेरै टाढा केहि भयो कि
शुन्दर पाखा बस्तीमा पहिरो गयो कि
आगो लागी हृदयका भाव बलेकी
बाँचौं भन्ने जीवनहरु कहीं ढलेकी
हिंड्दा हिड्दै बीच बाटोमा रात पर्यो कि
हिड्ने साथी नमिलेर घात गर्यो कि
हिमालबाट बग्ने खोला कहीं सुक्यो कि
सोझा सिधा नेपालीको मनै दुख्यो कि
बर्षाद आयो परालको छाना चुहियो कि
देशलाई स्वर्ग बनाउने कुरा तुहियो कि
ओलांचुंगमा हिउँ खसेर बाटो पुर्यो कि
भोक भोकै चौंरी गाई कहिँ मर्यो कि
सुकेको रुखमा आज काग करायो
किन किन आज मेरो सातो हरायो
अजम्बरी वृक्ष थियो आज कहीं ढल्यो
मेरै छायाँ तर्साउँदै मलाई खेद्न थाल्यो
किन काग करायो कहीं आपत पर्यो कि
देशको टोपी निहुरिएर कहिँ झर्यो कि
(स्रोत : Nepalpati)