~विजया सिम्खडा~
छरपष्ट छन् भत्किएका जीवनहरु
बिना जगको भव्य महलको कल्पनामा
जान्दिन म, कठै जिउछन कसरी
खोक्रिएको अजीर्ण त्यो कल्पनामा
ढलिसक्यो अगावै तिम्रो आडम्वर पनि
टुटेका आशाहरु अनगिन्ति जस्तै
मोम बनि पग्लि जान्छौ एकान्तमा कति
दर्पण, तिम्रो नजर कहिदिन्छ कथा यस्तै
भो, नदेखाऊ नाकाबले ढाकी त्यो आकृति
आवरणमा पनि नग्न त्यो, छर्लंग देख्दछु
अर्थहीन स्वाङ पारी हिड्ने बानी तिम्रो
अन्जान छैन म, भलिभाँती परिचित छु
(स्रोत : KhabarChitwan)