पाँच पाथी अटाउने कराहीमा दूध भक्भक् उम्लिरहेको थियो । एउटा बिरालो दूधको कराहीको छेऊमा बसेर हेरिरहेको थियो । दूध बाक्लो भएर खुवाको मिठो बास आउन थालेको थियो । बिरालोले कराहीको बाक्लो दूध खान धेरै पटक कोसिस गर्यो, तर तातो बाफले पोलेर बिरालो म्याउँ गरेर पछि सथ्र्यो । कहिले दूध चिसो होला र खाउँला भनेर पर्खने धर्ैय उसँग थिएन, किनकि धरका बूढाबूढी आइपुगे भने उसले खुवाको सट्टा लÝी खानुपथ्र्यो ।
त्यो बिरालोको जिजुबुवालाई पनि त्यो घरमा उसको कुन पुस्ता आएको हो र कहिलेदेखि त्यो घरमा खुवा बनाउन थालिएको हो भन्ने थाहा थिएन । त्यो बिरालोलाई यतिमात्र थाहा थियो कि गाउँभरिका घरहरुमध्यो त्यो घरमा जत्तिको दूधको पौल अरु घरमा थिएन । गाउँमा चार्डपर्व तिथि सराद पर्दा जसले पनि त्यही घरमा दूध लिन आउँथे ।
बूढाबूढीको गोठ पनि हर्ेन लायकको थियो । लस्करै आठदस वटा भैँसी बाँधिएका हुन्थे । पालैपालो व्याउने हुनाले तीमध्ये चारपाँच वटा जहिले पनि दुहुना हुन्थे । गोठको छेउमा पहाडजस्तो परालको कुनिउँ हुन्थ्यो । घरको छेउमै बाह्रै महिना नसुक्ने सानो खोल्सी थियो । नजिकै बाक्लो बन भएको हुनाले हरियो घाँस कहिल्यै टुट्दैनथ्यो । कुँडो पकाउन दाउराको छेलोखेलो थियो ।
केही वर्षभयो घरमा बूढाबूढी दर्ुइ जनामात्रै थिए । लाठे छोराहरु गोठ्ल्याइँ गर्ने दुःखले कोही सहरमा त कोही विदेशमा गएका थिए । उनीहरु बेलाबेलामा घर आउँदा पहाडको जग्गाजमिन बेचेर सहरमा बसाइ र्सर्ने कुरा गर्थे । बूढाबूढीको भने गाउँ छोड्ने मन थिएन । कान्छो छोराले त सहरमा नर्सर्ने भए उसको भाग अंश चाहियो भन्न पनि थालिसकको थियो ।
छोराहरुले अन्तै पाखुरा खियाउन थालेपछि घरको आयस्ता घट्ने नै भयो । तै पनि बूढाबूढीको मेहनतले दर्ुइचार पाथी दूध पाक्न छोडेको थिएन । दूध, ध्यु, खुवा, दही आदि बेचेर उनीहरुको घर्रखर्च र लुगाफाटाको खर्च चलेकै थियो । बिरालोलाई यी सबै कुराको चासो थिएन । बेलाबेलामा कराही, गबुवा र ठेकीमा मुख गाडेर अनि मदानी चाटेर पनि उसको गुजारा चलेकै थियो । चारपाँच बेत छाउरा छाउरी हर्ुकाउँदा पनि अरुको घर ढुक्न जानु परेको थिएन ।
तर त्यो दिन अनौठै भयो । बूढाबूढी भान्छामा आउँदै आएनन् । अगेनामा अजंगका मुढाहरु एकनासले बलिरहे । कराहीको दूघ उम्लँदै सुक्दै गयो । बिरालोले खुवा खाने आश अझै मारेको थिएन । छाउराछाउरीहरु भोकाए होलान् भनेर ऊ आत्तिँदै थियो । अब अलिअलि दूध डढेको गन्ध आउन थाल्यो । भान्छाकोठामा दूध डढेर धुवाँ रङमगिन थालेपछि बिरालो निकै आत्तियो । ऊ म्याउँम्याउँ गर्दै छाउराहरु भएको धन्सारमा गयो । धन्सारकोठाको ढोका फोरिएको थियो र त्यहाँ एक गेडा पनि अन्न बाकी थिएन । छाउराहरु भोक र डरले एउटा कुनामा लुकेर कराइरहेका थिए । त्यसपछि उसले बूढाबूढीलाई खोज्न थाल्यो । कोठाचोटा चहारेपछि ऊ बुइँगलमा पुग्यो । त्यहाँको दृश्य देखेर उसलाई रिंगाटा लाग्यो । त्यहाँ गरगहना रुपैयाँपैसा राख्ने सन्दुक फोरिएको थियो । बूढाबूढीको लास रगतको आहालमा डुबेको थियो ।
ऊ दगर्ुर्दै फेरि भान्छाकोठामा पुग्यो । त्यहाँ उसले खुवामात्रै होइन कराही नै डढेको देख्यो । आगोको रापले गर्दा कोठाभित्र पस्न पनि गाह्रो थियो । ऊ दगर्ुर्दै आफ्ना छाउराहरु भएको ठाउँमा पुग्यो । उसले एकएक गर्दै छाउराछाउरीहरुलाई मुखमा च्याँप्दै घरबाट गोठमा ओर्सार्न थाल्यो । झ्यालहरुबाट धुवाँ र आगोको लप्का निस्कन थाल्यो । बिरालो चौथो पटक छाउरा लिन घरभित्र पसेपछि फेरि फर्केर आएन ।
गोठमा भएका छाउराहरुले म्याउँम्याउँ गर्दै माऊलाई पर्खेर बसे । एकै छिनमा घर डढेर गर्ल्याम्म ढल्यो । अनि आगोको लप्काले गोठ पनि टिप्यो ।
(स्रोत : कान्तिपुर प्रकाशनको कोपिला साप्ताहिकको २०५९ बैशाख २० गते)