~भ्लादीमिर भिसोत्स्की~
अनु. ज्ञान बहादुर छेत्री
मैले थर्पुमा पहिलो वर्ष खप्न सकिन ।
त्यसैले उनीहरुले अरु एक कि दुइ वर्ष थपिदिए (उनीहरुसँग तर्क नगर)
सक्छौ भने, मेरा प्रिय साथी हो, मलाई चिठी लेख ।
स्वाधीनहरुको त्यो धरामा अहिले के हुँदैछ ।
“के पिउँछौ ?” हामी त केही पनि पिउँदैनौं ।
घमाइलो मौसम छ तर हामीसित हिउँ मात्र छ ।
कृपया मलाई सबै कुरा लेख ।
यहाँ पट्यारलाग्दो परिवेश छ, मलाई तिम्रो चिठीको खाँचो छ ।
म तिमीहरुदेखि टाडा छु, वर्ष बिते
म तिमीहरुको मायालु मुखको मुस्कान हेर्न चाहन्छु ।
मेरी प्रियतमाको खबर के छ ? उनले अर्को साथी भेटिन् ?
भेटिनन ? उनलाई भन मलाई केही हरफ लेखुन ।
यहाँ यमराजको न्यायालयजस्तो भयानक स्थिति छ
तिम्रो चिठी योगसूत्र बन्छ, त्यसैले आउनै पर्छ ।
मलाई लाग्छ, उनीहरुले त्यो मलाई दिने छैनन
तैपनि मेरा प्रिय मित्रगण, मलाई पत्र लेख्तै गर ।
(रुसी कविता Свой первый срок..को नेपाली अनुवाद)