तिमीले गर्दा नै मैले बाँच्न सिके
अनि
हिड्न सिकायौ,बोल्न सिकायौं
अप्ठारोमा पर्दा गुहार माग्न सिकायौं
संसार गोलो छ भनेर बुझन सिकायौं ।
तोतेबोलीमा गाउन सिकयौं,
गाउँदा गाउदै
लेख्न सिके, पढन सिके
सिक्दा सिक्दै आफ्नो बारेमा कविता लेख्न सिके
तिमिले गर्दा नै मैले बाँच्न सिके
भन्थेउँ आफ्नो खुट्टामा उभिन सिके
अनि
हावामा पौडिएर उभिन सिके
पेनसिलले लेखेर मेट्न सिकायौं
चुचो पेन्सील नै राम्रो भनेर सिकायौ
लेख्दा खेख्दै
आफ्नो आकृति लेखे
तुवाँलोको बिचमा चन्द्रमा देखे
रगेड्दा रगेड्दै कागजमा तिमीलाई बनाउन सिके
तिमिले गर्दा नै बाँच्न सिके
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )