~सरस्वती शर्मा ‘जिज्ञासु’~
संघर्ष नै जीवन हो गर्नुपर्छ सधैंभरि
सकरात्मक भाव मात्र छर्नुपर्छ सधैंभरि
समाजको बिकासमा संगठित भएर नै
ठुला ठुला महासागर तर्नुपर्छ सधैंभरि
पानी बिना माछा जस्तै पींडा भित्र छट्पटिंदै
काम गर्दा पल पलमा मर्नुपर्छ सधैंभरि
नारी शक्ति बढाउने सचेतना जगाउने
पाइला मोड्दै पछि मात्र सर्नुपर्छ सधैंभरि
सफलतामा तगारो भै इर्ष्यांले फूल झार्दा
फल नलाग्दै जिज्ञासु नै झर्नुपर्छ सधैंभरि
सरस्वती शर्मा जिज्ञासु
अध्यक्षः माधुरीसाहित्य प्रतिष्ठान
कुश्मा, पर्वत
(स्रोत : Majheri)
