~प्रेम विनोद नन्दन
यहाँ देश एक्लो परेको छ आज
इमानी शिरै यो झरेको छ आज
बल्यो अग्नि ज्वाला छ रातो हिमाल
डढेलो कतैको सरेको छ आज
थियौं स्वाभिमानी हिजोसम्म हामी
कसोरी भनूँ क्वै चरेको छ आज?
र, ऐना फुटेझैं फुटेको छ भाग्य
भनूँ खै कसोरी मरेको छ आज
सबै हात हाम्रा उठाएर जागौं
सधैं भोलि भन्दै टरेको छ आज
(स्रोत : गजल संग्रह : प्रतिनिधि नेपाली गजलहरू)
