संस्मरण : सम्झनामा रमेश विकल

~नरेन्द्र रौले~Narendra Raule

मंसिर महिनाको मध्यान्ह छ । चिसो मौसम । आरुबारीको रौनक बेग्लै छ । नया बानेश्वरबाट म आरुबारी तर्फ लाग्छ । बाँसका रुखहरु आफ्नै गतिमा हल्लिरहेका छन् । केहि पर हरियो जङ्गल । अब पहिले जस्तै परालले छाएका र रातो माटाले पोतिएका घरहरु छैनन् । गाउबाट शहरमा परिणत भएको छ आरुबारी ।तर पनि गाउको झझल्को अझै हराइसकेको छैन यहाँ । एउटा ब’ढो पिपलको रुख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा बसेर जिउ तताइरहनु भएको थियो बरिष्ठ साहित्यकार रमेश विकल जो यतिखेर हामी माझ हामी हुनुहुन्न ।

पहिले जस्तो परालले छाएका, रंगीबिरंगी माटोले पोतिएका घरहरु अब छैनन् । जताततै घरैघर मात्रै छन् । गाडी मोटरको आवाज आइरहन्छ एकोहोरो । तर यसले विकललाइ कुनै असर गरेको छैन । निरन्तर सिर्जनामै तल्लिन थिए विकल । कान्तिपुर दैनिक कोशेलिका सँयोजक दीपक अधिकारीको अनुमतिले स्वर्गिय रमेश विकलको अन्र्तवार्ता लिन मँसिरको पहिलो हप्ता आरुबारीस्थित उहाँको निवासमा पुगेको थिएँ । जुन अन्र्तवार्ता प्रकाशित भएको हप्तादिन नबित्दै उहाँ सधैँका लागी बिदा भएर जानुभयो । सम्भबत उहाँलाई भेटेर मैले लिएको अन्र्तवार्ता नै पत्रकारले लिएको अन्तिम होला । त्यसपछि केहि दिनमा उहाँ विरामी भएर अस्पताल भर्ना हुनुभयो ।

उमेरले चार बिस काटेर बुढ्यौली लागेपनि साहित्य सिर्जनालाई निरन्तरता दिन छोड्नुभएको थिएन । हरेक विहान साढे ४ बजे उठेर नुवाइ, धुवाइ,योगा गरेपछि नियमित लेखन कार्य सुरु हुन्थ्यो विकलको । खासै विरामी जस्तो हुनुहुन्थेन । हँसिलो फर्तिलो देखिनुहुन्थ्यो । म त्यहाँ पुग्ने बित्तिकै छतबाट तल उहाँको आफ्नै कोठामा बस्यौं जहाँ उनले बनाएका पोर्टेटले एकोहोरो हामीतिर नियालिरहेका थिए । जसरी सम्झनाको एल्बमबाट अहिले विकलको तस्विरले मलाइ चियाइरहेको छ ।

चालिसे गाउँ आरुबारीबाट सुरु भएको उनको बाल्यकाल देखि जीवनको अन्तिम क्षण सम्मको सिर्जना यात्राबारे चियाको चुस्कि लिदैं हामी झण्डै दुई घण्टा गफियौँ । अझै कति गफिन मन थियो । सचेत भएर २० बर्षको उमेर देखि लेख्न थालेका विकलले बाल्यकाल सम्झदै भने,‘गाउँमा बुढापाकाहरुले रमाइला कथा सुनाउँथे । हजुरआमाले पनि घरमा कथा सुनाउँनुहुन्थ्यो । म आफ्ना साथीहरु बटुलेर तिनै कथाहरुमा नयाँ कुरा मिसाएर फरक पारामा सुनाउँथे,पछि तिनै कथाहरुलाई निगालाको कलमले रुखबाट बनाएको मसिमा चोबेर लेख्थें ।’ हिजोका तिनै कथाहरुको प्रतिफल हो अहिलेको अजर अमर रमेश विकल,जो नेपालि साहित्यको आकाशबाट कहिल्यै नअस्ताउँने नक्षत्र बन्यो । आख्यान जगतमा प्रसिद्धि कमाएका यि सर्जक सँग । पत्तै भएन समय बितेको । समय बलवान् छ । त्यो क्षण उहाँलाई कतै हतार भएको थियो,फेरी भेट्ने बाचा गर्दै उहाले भन्नभएको थियो, “नरेन्द्र जी आज मलाइ अन्त जानुछ । अर्को दिन मौका पारेर आउनुहोस् न । दिन भरी बसेर गफ गरौंला नि ।” दिनभरी सगै बसौंला भनेर बिदा गनुर्भएका विकल सँग एक पल पनि बस्न नपाइ सधैंका लागी छोडेर टाढा हुनुभयो । बुधबार मध्यान्ह अचानक एफएममा उहँको निधन भएको खबरले मलाइ स्तब्ध बनायो ।

म झसङ्ग भएँ । पत्याउँन सकिन । उहाँले दिनुभएको फेरी भेटौँला भन्ने त्यो बाचा पूरा होला भन्ने लागेको थियो । एउटा इमान्दार लेखकले आफ्नो बाचा पूरा गर्न सक्नुभएन । कालको अगाडि हार्नुभयो । निरन्तर उनको दुखद मृत्युको खबर आइरहँदा नपत्याइ रहन सकिएन । त्यस बेला अन्र्तवार्ता लिएको सम्झना मिठो याद बनेर पलपलमा आइरह्यो । सँगै बसेर खिचिएको फोटो घरीघरी हेरिरहें । लाग्यो, विकल मेरो सामुन्ने बोलिरहनुभएको छ । म उहाँसँग मनका कुराहरु साँटिरहेको छु । निरन्तर प्रश्नहरु तेरस्याइरहेको छु । तर अब मेरो सम्झनामा मात्रै सिमित रहनुभयो विकल । जो सँग केवल कल्पनामा बाहेक कहिल्यै भेट्न सकिने छैन अब ।

विकलले सँहित्यलाई कहिल्यै पेसाका रुपमा लिनुभएन । साहित्य पेशा बन्न सक्दैन भन्ने धारणा राख्नहुन्थ्यो । देशको राजनितीक,आर्थिक समस्याले पिरोलिरहन्थ्यो । समाजका बिकृति,बिसँगति हटाउन र समाजको जागरणका लागी आफूले लेख्ने गरेको बताउनुहुन्थ्यो । साहित्य पेशा बनाउँन खोज्ने लाइ तपाइको सल्लाह के छ भनेर सोध्दा उहाँले भन्नभएको थियो ,“साहित्य पेशा हुँदै होइन,यो त सेवा हो । साधना हो । कसैले पैसा कमाउने उद्देश्य राखेर लेख्न खोज्छ भने म उसलाइ सल्लाह दिन्छु,साहित्य साधना गर्न छोडेर उसले भ्रष्टाचार गरोस्,तस्करी गरोस् ।” स्वयं विकलका किताब प्रकाशन गर्ने केहि ठूला प्रकाशन गृह बाहेक अरुले पैसा नदिएको गुनासो स्वयं उहाले सुनाउँनुहुन्थ्यो । विकलको लेखनमा सधै गरिब र निम्न बर्गका पात्रहरुले स्थान पाउँथे । मधुमालति, लुखुरे, सडक बढार्ने न्ह्युँछेमाया चटरी पसल्नी,काइलि अजि, द्वारे बा,घमाने,खलाल,रामबिरे, मन्दिर अगाडि उभिएर फल दिने प्रतिमा सबै उहाँका कथाका प्रमुख पात्रहरु हुँन् । राम्रो साहित्य सिर्जना गर्न विषयबस्तुको ज्ञान,छनोट,भाबना,प्रतिभा,साधना र सीपको आबश्यकता हुनुपर्छ भन्ने उहाँको ठम्याइ थियो । बिशेष गरी कथा लेखनमा प्रसिद्धि कमाएका विकलले उपन्यास,नाटक,नियात्रा र बाल साहित्यमा पनि कलम चलाउनुभएको छन् । स्व विकलको चर्चित उपन्यास अबिरल बक्ष्छ इन्द्रावति चार बर्ष अघि नेपाल टेलिभिजनबाट प्रसारण हुने गथ्र्यो । दर्शकहरुले भात खान छोडेर समेत सिरियल हर्ने गरेको बताउनुभएको थियो बिकलले । उसो त रमेश विकलका उत्कृष्ट कथाहरुलाई,‘अ लिफ इन बेगिङ् बोल’ का नाममा लेखिका मञ्जुश्री थापाले अँग्रेजी अनुवाद गरेकि छिन् । भूपि शेरचन, गोबिन्द बहादुर मल्ल, महाकबि देबकोटा, दौलत बिक्रम बिष्ट, धच गोतामे, म्याक्सिम गोर्कि, टाल्सटाय, दोस्तोबस्की उहाका मन पर्ने लेखक थिए । पछिल्लो पटक उनले मेरी शेलि (पिबी शेलीकि श्रीमति) को विज्ञान उपन्यास फ्रयाङ्कस्टेइन लाई नेपालिमा भष्मासुर नाम दिएर अनुबाद गर्दै हुनुहुन्थ्यो । आफ्नो आत्मकथाको दोस्रो भाग पनि अगाडि बढाउँदै हुनुहुन्थ्यो । उहाँ त निरन्तर आफ्नो जीवनमा लेख्न चाहिरहनुभएको थियो । तर अचानक ले खनको गति रोकियो । मृत्युले उहाँको बाटो छेकेर आफूसँगै लिएर गयो । उहाँले लेखिरहँदा मैले सोधें,‘सँसार छाड्न’ अघि के गरेर जान पाए हुन्थ्यो जस्तो लाग्छ ?’ उनले भने,“साहित्य सिर्जना गर्दा गर्दै जान पाए हुन्थ्यो जस्तो लाग्छ । साथै मलाई समाज र देशको अति माया लाग्छ । यसैको उन्नति, प्रगति हुने कार्य गर्न पाए भन्ने लाग्छ ।”

बाल्यकालमा सम्झनाहरु एकपछि अर्को गर्दै उनको स्मृतिमा नाँचिरहेका थिए । बिर्सनै नसकेको क्षण सम्झिन पनि भुलेनन् । एक दिन घर नजिकैको कुलोमा माछा मार्न गएछन् । खेतका हिले माछा मारेर घरमा ल्याई पोल्दा माछाहरु निकै छट्पटाउँदा ज्यादै ग्लानि भएछ । सम्झदै भने,‘ म मा निकै पश्चाताप भयो, ठूलो पाप गरेछ′ भन्ने लाग्यो । आफ्नो टाउको भित्तामा ठोक्दै निकै बेर रोइरहें ।’ रंगीचंगी माटोले पोतिएका औंलामा गन्न सकिने काँचो इँटाका घरहरु,परालले छाएका छानाहरु अब आरुबारीमा छैनन् । जताततै घरैघर छन्, ढोका अगाडि गाडी मोटर गुडिरहेका छन् । तर अझै गाउँले परिबेश भेटिन्छ आरुबारीमा । फर्केर आउँदा जिज्ञासा राखेको थिएँ । ‘अर्को जुनिमा के बन्ने रहर छ ?’ विकलले भने,‘अर्को जुनिको कुनै निश्चित छैन । यो त आत्माको रुपान्तर मात्र हो । भोलि म रमेश विकल नै भएर कहाँ जन्मन्छु र ? अर्को जुनिमा के बन्ने त्यो निश्चित नभएपनि विकलले सँसार छोडेर जाने निश्चित भयो । साँच्चै विकल अर्को जुनिमा के बन्लान् त्यो चाहि कसैलाई थाह छैन । मलाई भने पलपलमा उनी सँग भएको अधुरो भेटको सम्झना आईरहन्छ । उहाँलाई भेट्ने मेरो चाहना कहिले पूरा होला ? कहिले काहिँ फेरी भेट हुन्छ कि जस्तो लाग्छ । नेपालि पत्रकारले मैले लिएको यहि अन्र्तवार्ता नै अन्तिम बन्न पुग्यो । अल बिदा रमेश विकल । जहाँ रहेपनि आत्माले सुख शान्ति पाओस् ।

naren.raule@gmail.com
January 21, 2009

(स्रोत : Ianws.org)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.