डाँडा काडाँ गुम्यौं बाबा,सपनीमा आज
पाँच वर्षभयो ग’को ताज भयो आज ।।
विहानीमा खोजे बाबा तस्वीरलाई छोएँे
भकानीयो मन मेरो घोप्टे परि रोएँ ।।
आमा सामु बसे बाबा आशुँ झर्यो भुँं’मा
टोलाएर आकाश हेरे आत्मा थेँ’न साथमा ।।
शुन्य लाग्छ संसार बाबा, वाफिएको मन छ
सृष्टि सबै हेर्छु बाबा ताजा ताजा याद छ ।।
आमा पनि टोलाएर, तेरो बाबा खैं भन्ने ?
संसार नै खालि लाग्छ, म के भन्ने ?
हुन्छ भने आउनु बाबा एक पल्ट भेट्न
सँग सगै जाउला बाबा भगवन भेट्न ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )