~मधु माधुर्य~
गृष्मको धपधपी गर्मीलो दिन होस्
वा हिंउंंंदको कठयांग्रिने चीसो रात
अनुभूतिको सागर श्रृंखलाहरु तर्दै जांंदा
लागिरहेछ हमेशा कविताको मात
पाखा कन्दरामा प्रतिध्वनित सुसेली
वा झरनाको मनमोहक झंंकार
आँधी बतासको आरोह – अवरोह
खोला नालाको अनवरत प्रबाह
नैसर्गीक शैली रहेछन् जीवनका !
म त रुखका पात पातमा कविता देख्छु
म त आँसुका थोपा थोपामा कविता पोख्छुु
पसिनाले निथु्रक्क भिजेका ढाक्रेहरुलाई सोध
रोदन र वेदनाले छटपटाएकाहरुलाई सोध
जीवन आफैंमा अलिखित काब्य रहेछ
घृणाको परिवेशमा रुमल्लिंदै शून्यतामा हराए पनि
प्रेमको बस्तिभित्र देश देशान्तरै हराए पनि
जीवन आफैंमा सुन्दर कविता हो
सूक्ष्म भन्दा सूक्ष्म विन्दु देउ पाइला टेक्न
म कविता अट्न सक्छु जीवनको
तर नसोच : “जीवन त्यतिको सूक्ष्म रहेछ”
लौ हेर यत्रो ब्रम्हाण्डमा अट्न सकिरहेको छुइन म
म अर्कै अन्तरीक्षको खोजीमा ब्यस्त छु
लौ हेर इन्द्रेणीसंगै लुकामारी खेलिरहेको छु
फगत नदुखाई देउ जीवन गाथा
नमेटी देउ जीवन कविता
कविता जिउनु पर्दा अवरोध उठ्छन भने
पात पात र पाना पाना उडे भने
नीलो आकाशको स्वच्छन्द पृष्ठभूमिमा
आप्mनै रक्तमसीले कविता लेख्न सक्छु म !
त्यही पात पातलाई सोध
पदचापहरुलााई नै सोध
यात्रा – यात्रामा कविता बग्न सक्छु म !
लेख वा नलेख –
जीवन आफैंमा कविता रहेछ
जीवन आफैंमा अलिखित काव्य रहेछ
तिमी त त्यस्का फगत केही हरफहरुमात्रै हौ
म त त्यस्का केही पंक्तिहरु मात्रै हुँ
नैसर्गिक शैलीमा लेखिएको –
प्रकृतिको सर्वोत्कृष्ट रचना –
जीवन त आफैंमा काब्य पो रहेछ !!!
(स्रोत : Freenepal)