~रबिन्द्र अर्याल~
रछ्यानामा मिल्काएका
कानुनी काला अक्षर
हुबहु नक्कल बाजीमा
निक्लीएका शब्दहरु
मेरा हितकर छैनन्
तिम्रो हितमा छैन
हाम्रो पक्षमा छैन
हली मजदुर श्रमजीवीको साथमा छैन ।
दुध खाना पल्केका
काला ध्वासे बिरालाहरु
दाउमार्दै बइुगलामा पग्ुदा
तिमी आंगेनीको डिलमा
सपनाको त्यान्द्रा बुन्दैछौँ ।
फरियाको फर्केो जलेको पढ्दछैौ
तिम्रो मन जले झै ।
थाहा छ तिमी लाई तिम्रो खसम ले
खाएको कसम
अनि पत्तो छ तिमी लाई
तिम्रो भात भान्छामा
क्रान्तिविरको बत्थ्वाई
आटि र ठाटीमा लुकाइएका
ग्रिनेटहरु एस एल आर र थ्रि नट थ्रि हरु
झसंग झस्कन्छौ
तिमी त खरानिको थुप्रोमा छौ
हेरत तिम्रा खसम हरुले
ताउ मार्द ै छन् सत्तामा
विर्सीएर युग साटने सपनाहरु
स्वर्णक्षरलाई काला अक्षरमा
सापटी लिदै
लेख्दैछन् नया युगमा धुमील शब्द हरु
खबरदार कोइला अक्षरहरु
खरानिको थुप्रोबाट फेरी नयाँ
शंखघोष हुदैछ
हाम्रो भाग्य विधाता
हाम्रो अन्न दाता
साच्चिकै हाम्रो मुक्ति दाता
(स्रोत : समर प्रतिक )