~नमराज लामिछाने~
खुला आकाश मुनी
विशाल महलको पेटिमा
खाली पेट लिएर
रित्तिएका आंखाहरु टोहलाउदै
च्यातिएको कालो बस्रले छोपीएकी
कालीआमाहरु
आफ्नो जिन्दगीको भिक्षा मागीरहेका छन् ।
भोक र पिडाले भरिएको
रित्तो भित्ताहरुलाई बिर्सिएर
ममताको सिन्दुरलाइ लत्याएर
अनि दुधें कोपिलालाई काखि च्यापदै
बिरक्तिएको जिन्दगीलाई बटुल्दै
कालीआमाहरु
आफ्नो आत्मपालन को भिक्षा मागीरहेका छन् ।
सात समुन्द्र पार देखी
नाङगो खुट्टा र सिङगो बस्त्रमा
ठन्डी सिरेटो र प्रचण्ड घामको रापमा
खालि पेटहरुमा पटुकाले कसेर
तडपिएको शरिर बोकेर
कालीआमाहरु
आफ्नो प्राणको भिक्षा मागीरहेका छन् ।
दुष्टहरुको गिद्दे नजरलाई पन्छाउदै
अनि आफ्नो अस्मितालाई जोगाउदै
मृत्यु र जीवनको दोसांधे
जिन्दगीलाई खुला मैदानमा कोल्टाएर
कालीआमाहरु
विवशताले महलको पेटीमा भिक्षा मागीरहेका छन् ।
रियाद
(स्रोत : NRNaksa)