~हिरण्य भोजपुरे~
बाह्र छोरा तेह्र नाति
बूढाको धोक्रो काँधै माथि
बूढो भनी नगर हेला
काम लाग्ला बूढो नै क्वै बेला ।
सुनसुन साथीभाइ म केही भन्छु
म बूढो मान्छेको सवाई कहन्छु
पहिले-पहिले भावुक भाई झोक्रिएर बस्थें
बूढो बनी बुढेसकालको खोईरो आफै खन्थें
जब बुझें बाँच्नलाई हाँस्नुपर्छ भनी
देख्न थालें अँधेरिमै झिलिमिली अनि
बाँच्नु-मर्नु भन्ने कुर प्रकृतिको खेल
जीवन रै’छ प्रकृति र पुरुषको मेल ।
आज त म अचम्मले चङ्गाजस्तै भएँ
उनीसंगै उड्दै-उड्दै कहाँ गएँ-गएँ
कुहिरोकै उलिङ्काठ, कुहिरोकै पर्दा
रम्नु रमें यो मायाको मोहनइले गर्दा
उमेरले कहाँ छेक्छ जुध्ने आँखालाई
पिरतीको प्यारो-प्यारो मिठो भाखालाई
कमनीय हुन्छ भन्छन् सबैभन्दा कला
ज्यूँन जान्ने कलाभन्दा के छ ठूलो भला ?
रचनाकाल : ७ असोज २०६०
स्वराङ्कन : ४ चैत्र २०६०
शब्द-सङ्गीत-स्वर : हिरण्य भोजपुरे
याल्बम : एक अँजुली घाम
(स्रोत : साहित्य संग्रहालय – याल्बम : एक अँजुली घाम )