~रामनाथ घिमिरे~
आउँ नव युगेश्वरी मेरो अंगालोमा आउ ।
सुस्तरी, तिमीलाई, म अंगाल्छु उसै गरि ।
संन्त्रास मिश्रत आस बोकेर,
तिम्रो नव आगमनमा
खै, नयाँ केहि, भेटीन खास
बरु आफैले नयाँ बनाउने प्रयास गरे ।
पुर्व भुक्तेश्वेरीको साथ विताएका पलहरुको समिक्षा गरे ।
बुझाएँ हिसाव किताब, चुक्ता गर्दै, लामो सास फेरे ।
केहि त भएकै छ प्रगति,
कम्तिमा,
कम्तिमा, तिमि जस्ता युगेश्वरीको स्वागतमा खटिने ।
काला रातहरु घट्दै छन्।
कुनै सपनासगै, जिवनको रंग फेरियोस, नफेरियोस ।
तर जिन्दगिनै फेरीने दिन पनि त नजिकिदै छ ।
त्यसैले आउ मेरो अंगालोमा आउ
सुस्तरी, तिमीलाई, म अंगाल्छु उसै गरि ।
अनि कोर्छु नयाँ योजना, पोख्छु सपना तिमी माथी
अनि मिठो साथको अनुरोध, दोहो¥याउछु पुर्व भुक्तेश्वरीलाई झै ।
एउटा मिठो भ्रम पालेर,
कुनै युग नै परिर्वत होला झै,
तै पनि
तै पनि, म के गर्न सक्छु । लाचार ,
तिमीलाई, अंगाल्नु छ। तिमीले दिएको हासो हास्नुछ ।
तिमिले दिएको चोट रुनु छ ।
तिमि जवरजस्त छौ ।
तिमि जवरजस्त छौ, मेरो रोजाई हुन्न यहाँ ।
म डुबुल्की मार्दैछु तिमै्र चाहानामा ।
तैपनि भ्रम छ ।
तैपनि भ्रम छ, तिमिलाई म आफ्नो अनुकुल बनाउँछु
तिमि काडै बोकेर आएकी भएपनि,
म गुलाब बन्छु र फुल्छु त्यसै माथी ।
त्यसैले, निधक्क आउ
आउ नव युगेश्वरी मेरो अंगालोमा आउ ।
सुस्तरी, तिमीलाई, म अंगाल्छु उसै गरि ।
भुक्तेश्वरीलाई झै ।