~गौतम “उदय”~
मनभित्र लेखेको माया, सागर जस्तै अमर हुन्छ
धनभित्र देखेको माया, हिउँद लाग्छ बगर बन्छ |
मनको माया देख्छ सधै, मुटु बीचको न्याय निसाफ
धनको मायाँ लेख्छ सधै, जोड घटाउ हिसाब किताब
मनको माया छर्छ हरदिन, खुसियाली अंगअंग
धनको मायाँ भर्छ एकछिन, बासनाको कडा रंग |
मनको माया फैली जान्छ, दूबो बन्छ काँस बन्छ
धनको माया ओइली जान्छ, घाँस हुन्छ नांस हुन्छ
मनको माया अर्थ बोक्छ, जीवन ज्योती जलाउँछ
धनको माया स्वार्थ रोप्छ, नमीठो भूल फलाउँछ |