~कृष्ण बहादुर जि.सी. ‘कपिल’~
धेरै हिडियो जोखिमको बिनासमा झोली बोकेर।
कतिन्जेल बाँचिन्छ जिन्दगी त्रासमा झोली बोकेर ।।
अयोग्य ठहर्छ यो सहरले अबोध सोझालाई
अन्ततः रुदै पठाउछ प्रबासमा झोली बोकेर ।।
पैसा हुनेले दुनियाँ हलचल बनाउछन सदा
को भए प्रतिष्ठीत इतिहासमा झोली बोकेर ।।
हालतले आज मलाई यही पाठ् सिकाउदैछ
कहिल्यै पनि नउड्नु बतासमा झोली बोकेर ।।
हिजो बिद्रोही बनेकाहरुले यस्तो सुनाए आज
गोली बोकेर भएन केहि खासमा झोली बोकेर ।।
कृष्ण बहादुर जि•सी ‘कपिल’
मटेला-७ सुर्खेत
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )