~लिलाराज कार्की~
नेपालको धरहरा टोपी खस्यो हरर
धरहराको हालत देख्दा आँसु बरर
जति मान्छे उति मुर्ति मंदिरको देश
पाटीपौवा मन्दिर घण्टा सबै भए शेष
एउटा सानो देश नेपाल पृथ्वीको माझ
कहिले पनि नदेखेको प्रलय भो आज
सुनाउंदै हिंडदैछु म प्रलयको कथा
सबैजना संग पोख्छु मनभित्रको व्यथा
घरको छाना तल खसि मान्छे थिचीएछ
नवबिबाहिता तिनको सिन्दुर पुछिएछ
आमा भन्ने जातै कस्तो आंचल फैलाईछन
आफ्नो प्राण आहुति गरि सन्तान बंचाईछन
कलिलो त्यो सानो मुना जन्म्यो हराभरा
आमा बाबु चिन्नै नपाई टुहुरो भो बरा
संसारका कुना काप्चा सबैको मन छोयो
दील नहुने ढुंगा समेत आँसु झारी रोयो
झुक्याउँदै भुइंचालोको धक्का घरि घरि
मान्छे मरे पुरिएर चरा मुसा सरि
भुइँचालोले घरहरु जगै देखि खन्यो
हिजोको त्यो शुन्दर शहर मसानघाट बन्यो
घर भित्र पस्नलाई मन डराएर
जिन्दगिलाई चौरमा त्रिपाल ओढाएर
त्रिपाल पनि कहाँ थियो र सबैजना संग
भिझी भिझी दिन रात काटे दुखसंग
गाउँ घरको हालत देख्दा आँसु आँखा भरि
के गरेर बाँच्छन् होला तिनी कठै बरी
यहि हो मौका दानी हुने बढाउँ अघी हात
पहिचान गराउं आज मान्छे हाम्रो जात
फेरि पनि बगैंचामा फूलहरु फुलोस
बाधा संग लड्नलाई दिब्य शक्ति मिलोस
पुनर्निर्माण छिट्टै होस् महाकाली मेची
शुभकामना छ है हाम्रो भित्रै मुटु देखि
(स्रोत : Nepalpati)