~डी बी दंगाली~
खुशी किन्न तिमीलाई आँए बिरानो ठाउँमा
अर्पिएर जीवन सारा केवल तिम्रै नाउँमा।
तिम्रै फोटो हेरी बिपनिमै टोलाउँछु
ऐठन हुन्छ सपनिमा तिम्रै नाम बोलाउँछु।
सम्हाल्नै पर्यो आँफैलाई बिछोडको यो घाउमा
अर्पिएर सारा जीवन केवल तिम्रै नाउँमा।
कसै सँग मेरो मायाँ तराजुमा नजोख्नु है
घात गरी तिम्रो मायाँ कसैलाई नपोख्नु है।
सजाउँला तिमीलाई शिरदेखि पाउमा
अर्पिएर जीवन सारा केवल तिम्रै नाउँमा।
पलपल तिमै यादमा बाँचेको छु म प्रिया
नभुल्नु है म सँगका तिम्रा मिठा कसम क्रिया।
मनभरि साँचेको मायाँ लिएर आउँला गाउँमा
अर्पिएर जीवन सारा केवल तिम्रै नाउँमा।
(स्रोत : Nepalpati)