“ए नफुटाल् भन्दा भन्दै सरुले छेपाराको फुल फुटाइहाल्यो । सरुका बा बारीमा तरकारी रोप्न कुटाले माटो खुकुलो पार्दै थिए । सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो । खन्दा खन्दै एक ठाउँमा रुखकटहरका बियाँ जस्ता सेता फुलहरु १५-२० वटा भेटिए !
“बा, के हो यो – सरुले उत्सुक भएर सोध्यो ।
“छेपाराका फुल यही हो थाहा पाइराख बाले भने ।
“किन त गिलो छ नि – पुड्के च्याउ जस्तो पो छ त सरुले एउटा फुल हातमा लिँदै सोध्यो ।
“छेपाराको फुल यस्तै हुन्छ बाले भने ।
“छेपारी कसरी ओथारो बस्छे त बा सरुले जान्न खोज्यो ।
बाले बेलिविस्तार लगाउँदै भने, “हेर र्सपले झैा छेपाराले पनि माटामुनि फुल पार्छ र छोड्छ, ओथारो बस्दैन । समय पुगेपछि फुलबाट बच्चा आफै निस्कन्छन् ।
“यसभित्र बच्चा छ त बा – भन्दै सरुले एउटा फुल कोदालीले थ्याच्च थिचिदियो । बाले रोक्ने मौकै पाएनन् ।
फुलबाट सेतो झोल र पूरा नबनेको छेपारोको बच्चा निस्क्यो । सरुले “छ्या भन्दै माटाले ढाक्न खोज्यो ।
“के गरेको सरु यस्तो – बाले रिसाउँदै भने “यस्तो नकाम पनि गर्न हुन्छ – बा रिसाएको देखेर सरुले डराउँदै सोध्यो । “छेपारो विषालु हुन्छ हैन र बा – यसले टोक्यो भने मरिन्छ भन्छन् नि ! यस्तो शत्रुलाई त सानैमा मार्नु बेस होइन र बा – छोराको अज्ञानता देखेर उनले सरुलाई सम्झाउन थाले, “हेर छेपारो हाम्रो शत्रु हैन मित्र हो । किनभने यसले बारीमा तरकारी र अन्न फलफुलमा लाग्ने किरा फटेंग्रा खाइदिन्छ । स्कूलमा तिमीलाई यस्तो कुरा सिकाउँदैनन् र – सरोवरले “थाहा छैन भन्ने भावले टाउको हल्लायो र फुल फुटाएकोमा पछुतो मान्यो । बाबु छोरा मिलेर बाँकी फुल माटोमा राम्ररी ढाकिदिए ।
भरे सुत्ने बेलामा पनि सरोवरको मनमा छेपाराको कुरा खेलिरहेको थियो ।
सरुले झयालमा रातो टाउको भएको छेपारोले आफुलाई हेरिरहेको देख्यो । ऊ डरायो । तर छेपारोले टाउको तलमाथि गरेर केहीबेर चलाएर आँटा चिम्लेको देखेपछि उसको डर घट्यो । सरु बाहिर आउन बारीमा खेल्न जाउँन । सरुले मीठो आवाजमा कसैले डाकेको सुन्यो । तर त्यहाँ छेपारो बाहेक अरु कोही थिएन । ऊ उठ्यो र झयालतिर गयो । छेपारो फुत्त उपे|mर झयाल बाहिर सुन्तलाका हागाँमा पुग्यो । सरुले सुन्तलाको बोटमाथि हेर्यो । त्यहाँ सुन्तलाको फूल भर्खरै फुल्न लागेको थियो । तर पतेरा लागेर फूललाई हानी पुर्याइरहेको थियो । सरुले त्यहाँ १० १५ ओटा छेपाराहरु देख्यो । ती छेपाराले सुन्तलाका फूल र पातमा लागेका पतेरा किरालाई भकाभक खाइरहेका थिए ।
छेपाराहरु सुन्तलाका हाँगा हाँगामा उप्रFmदै खेल्दै पतेरा खाँदै रमाइरहेका थिए । सरुले दिउँसो छेपाराका फुल फुटाएकोमा निक्कै पछुतो मानिरहेको थियो । यत्तिकैमा उसले छेपाराहरु कुरा गरिरहेको सुन्यो ।
“हेर यसपाली यो बारीमा कीरा सबै सखाप पार्नु पर्छ एउटाले भन्यो ।
“हाम्रो फुल फुटाल्नेको बारीको पनि के रखवारी गर्ने ! अर्को छेपारोले कुरा काट्यो ।
“हैन त्यो सानो बाबुले त अन्जानमा फुटालेको हो । पछि जतन गरेर अरु फुल त माटाले ढाकिदियो नि । अन्त भए फुल जम्मै फालिदिन्थे वा अरु जीवले खाइदिन्थे, यो ठाउँका मान्छेले हाम्रो काम बुझेका छन् यसैले अब हामी सधैं यही बस्नर्ुपर्छ । पहिलो छेपारोले भन्यो ।
यी कुरा सुनेर सरोवर अनायास चिच्यायो-“हुन्छ हुन्छ । अब म तिमीहरुलाई केही गर्दिन । सरोवर न्रि्रामा कराएको सुनेर उसकी आमाले डराउँदै सोधिन्- “के भनेको – के गर्दिन भनेको सरु सरुको न्रि्रा खुल्यो । ऊ हाँस्दै मुख छोपेर फेरि सुत्यो ।
(स्रोत : बालपत्रिका “मुना” मासिक, वर्ष२, अंक ९, भदौ २०४९)