~आवाज शर्मा~
°
कालो निशाले सोध्यो, ‘तेरो उदेश्य के छ ?’
मैले जवाफ सोच्दा, झलमल उषा भएछ ॥
°
कस्तो अथाह तिर्खा, जल्दैछ भित्र केही ।
ज्वाला निभाऊँ भन्दा सागर स्वयं जलेछ ॥
°
सिक्दै छु जिन्दगीभर, मर्नै छ भोलि आखिर
यौटा जुनी भयो कम, पाएँ अपुग छ जे छ ॥
°
टेकेर जुन जमिनमा अग्लो हुँदैछ बाला
ऊ बुझ्छ त्यो जमिनको कर्जा कतिऽ रहेछ ॥
°
अन्तिम रहर भए क्यै भन् त्यो पुर्याई दिउँला ।
आवाज फेरि तेरो अस्तित्व मेटिनेछ ॥
°°°
२२१ २१२२/२२१ २१२२
मुजारे अखरब
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )