तिम्रा तस्बीर कति जाति त्यै बोकेर बाँच्न थालेछु
छातिभरि टाँस्दाटास्दै तिम्रो तस्बीर फाट्न थालेछ
कताकता दुखे जस्तो छाम्दा मैले पीडा भेटिन
वगैंचाका सयौं फुलमा एउटा फुलको माया भेटिन
नभेटेरै आँखा चिम्ले त्यही फुलको काया बसेछ
छातिभरि टाँस्दाटास्दै तिम्रो तस्बीर फाट्न थालेछ
कस्ले छोयो मन फेरी छाल बनि उठ्न थालेछ
मुटुभरिभित्र बस्छौ भन्थे सतहीमा बग्न थालेछ
तस्बीर झैं तिमी हौकी ढुकढुकीलाई छुन छाडेछ
छातिभरि टाँस्दाटास्दै तिम्रो तस्बीर फाट्न थालेछ
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )